बदर नहुने गरी मतदान गरौं



सर्लाही, (नेस)।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि एक भोट पनि दायाँबायाँ नहुने गरी मतदान गर्न आग्रह गर्नुभएको छ।

नेता नेपालले स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख र सभा सदस्यलाई पार्टीको एक भोट पनि तलमाथि नगरिकन मतदा नगर्न निर्देशन दिनुभएको हो। राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा र राजपाबाट संयुक्त उम्मेदवार भएकाले जित सुनिश्चत रहेको बताउँदै पार्टीको गरिमालाई बचाइ राख्न पनि एक भोट दायाँबायाँ हुन नहुने बताउनुभयो।

बुधबार सर्लाहीको घुर्कैलीमा जेबी टुहुरे फाउन्डेसनले आयोजना गरेको जेबी टुहुरेको एकल सांगीतिक प्रस्तुतिको उद्घाटन गर्दै नेता नेपालले गीतसंगीतले जातीय, वर्गीय, क्षेत्रीय विभेदको अन्त्य गरेको र गीत संगीतको माध्यमबाटै पञ्चायत र राजतन्त्रको अन्त्य भएको बताउनुभयो।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, प्रदेश सभा सदस्य रवीन्द्र बैठा, दिल्ली उप्रेती, बेची लुंगेली हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईं, लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का, बागमती नगरपालिकाका प्रमुख भरत थापा, हरिपुर नगरपलिकाका प्रमुख जमरुदिन मंसुर, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटालगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्