पर्यटक : दैनिक पाँच हजार चाहिने दुई हजार मात्र भित्रिए



डा. भगवान् खड्का, काठमाडौं।

पछिल्लो दुई साताको अध्ययनले नेपालमा दैनिक २ हजार ३ सय विदेशी पर्यटक नेपाल भित्रिएको देखाएको छ। अध्यागमन विभागका अनुसार विगत १४ दिनमा ३२ हजार ३ सय २५ बाह्य पर्यटक नेपाल भित्रिएका छन्।

भ्रमण वर्ष–२०२० प्रारम्भ भएको पहिलो दुई सातामा आएका पर्यटकको परिमाण हेर्दा सरकारले घोषणा गरेअनुसार २० लाख पर्यटक भित्याउने योजना पूरा हुन भित्रिनुपर्ने दैनिक ५ हजार ४ सय ८० पयर्टकको संख्या भने पुग्दैन।

अध्यागमन विभागका अनुसार विगत १४ दिनमा ३२ हजार ३ सय २५ बाह्य पर्यटक नेपाल भित्रिएका छन्। भ्रमण वर्ष–२०२० प्रारम्भ भएको पहिलो दुई सातामा आएका पर्यटकको परिमाण हेर्दा सरकारले घोषणा गरेअनुसार २० लाख पर्यटक भित्याउने योजना पूरा हुन भित्रिनुपर्ने दैनिक ५ हजार ४ सय ८० पयर्टकको संख्या भने पुग्दैन।

संख्यात्मकरूपमा विगत १४ दिनमा नेपालमा ७७ हजार पर्यटक नेपाल भित्रिइसकेको हुनुपर्दथ्यो। विद्यमान पर्यटकको संख्याको आधारमा भ्रमण वर्ष–२०२० सफल हुनेमा पर्यटन व्यवसायी नै कठिन रहेको बताउँछन्।

पर्यटक व्यवसायी अर्जुन दाहालका अनुसार सरकारले भ्रमण वर्ष सफल गराउन आन्तरिक कति पर्यटकको आवागमन गराउने भन्ने कुनै योजना र तथ्यांक प्रस्तुत गरेको छैन।

बाह्य पर्यटकको संख्यालाई मात्र ध्यान नदिई भ्रमण वर्ष कार्यक्रमले नेपालको पर्यटन व्यवसायलाई मात्र प्रवद्र्धन गर्ने उद्देश्य होइन कि व्यापार र लगानीलाई समेत प्रवद्र्धन गर्ने सहायक कार्यक्रम हुनुपर्दथ्यो।

दाहालका अनुसार, थाइल्यान्डले बहुआयामिक पर्यटन व्यावसायिक योजना बनाएकाले ऊ पर्यटन व्यवसायमा सफल देखिन्छ। स्वास्थ्य उपचारको प्याकेज थाइल्यान्डले विश्व बजारमा राम्रोसंँग बिक्री गरिरहेको छ भने शिक्षा क्षेत्रको प्याकेज पनि सरल र राम्रो प्रवद्र्धन गर्न सकेको छ।

यी दुई प्याकेजमा १० लाखभन्दा बढी पर्यटक थाइल्यान्ड जाने गर्दछन्। भौगोलिक र प्राकृतिक पर्यटकको संख्या पनि ठूलो रहेको छ। यस क्षेत्रमा पनि राम्रो पूर्वाधारको विकास गरेको छ।

व्यवसायी दाहाल थप स्पष्ट पार्दै भन्नुहुन्छ– ‘नेपाल आउने अधिकांश पर्यटक प्राकृतिक सौन्दर्यका लागि आउने गर्दछन्। तर, यस क्षेत्रमा पनि हाम्रो पूर्वाधार राम्रो ढंगबाट विकास भएको छैन।

नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत विदेशीको गन्तव्य स्थान बनाउन सक्ने पूर्वाधारको विकास भएको भए भ्रमण वर्षलाई थप मद्दत पुग्थ्यो। यस क्षेत्रको पूर्वाधार नभएकाले यस क्षेत्रसँंग सम्बन्धित पर्यटक नेपाल भित्रिने सम्भावना देखिँदैन।

बहुआयामिक पर्यटन व्यवसायको सन्दर्भ उल्लेख गर्दै भ्रमण वर्ष कार्यक्रममा सरकारी र निजी क्षेत्रका व्यावसायिक साझा कार्यक्रम संयुक्तरूपमा समावेश हुनुपर्दथ्यो।

तर, दुर्भाग्यवश यस खालको कार्यक्रम आउन सकेन। यस अवस्थाले भ्रमण वर्ष सफल हुन निकै मेहनत गर्नुपर्ने हुन्छ।मनकामना केबुलकार र चन्द्रागिरी केबुलकार आन्तरिक पर्यटकको कारणले नै राम्रो चलिरहेको उदाहरण दिंदै दाहाल भन्नुहुन्छ, हाल नेपालको पर्यटन व्यवसायको मेरुदण्ड नै आन्तरिक पर्यटक हुन्

प्रतिक्रिया दिनुहोस्