देशव्यापी रुपमा मनाईयो पाँचौ योग दिवस



न्युज अफ नेपाल, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग मानव स्वास्थ्यको लागि नभै नहुने महत्वपूर्ण अंग भएको बताउनुभएको छ ।
राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोनजनामा संचालित कार्यक्रममा प्रमुख अतिथि रहनुभएका मन्त्री ज्ञवालीले पछिल्लो समय मानव स्वास्थ्यमा देखा परेका समस्याको मुल कारण आधुनिकताको सिकोमा आफ्ना परम्परागत सीप, ज्ञान, व्यायाम, कामलाई छोड्दै शहरको बसाई र बिना परिश्रम शरिरलाई विगारेका कारण शारिरीक र मानसिक तनावले ठूलो स्वास्थ्य समस्या निम्त्याएको बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘यसलाई कम गर्ने एउटै मात्र उपयुक्त माध्यम भनेको योग हो । अब योगलाई बिद्यालयको पाठ्यक्रममा नै समेट्नुपर्ने बेला भैसकेको छ ।‘ उहाँले थप्नुभयो– ‘परापूर्व कालमा आधिुनिक चिकित्साको उपलब्धता नहुँदा प्राकृतिक चिकित्साकै माध्यमबाट उपचार योग, ध्यानकै माध्यमबाट मानव शरिर स्वस्थ, शान्त र उत्साहित जिवन जिउन सफल भएका थिए । योग सबै मानव जीवनको प्रगति र सफलताको उपयुक्त माध्यम बन्न सक्छ ।‘
सोही अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई नीतिगत रुपमै प्राथमिकतामा राखेको र योगलाई व्यवस्थित र मर्यादित बनाउनका लागि आफु लागिपर्ने बताउनुभयो ।
सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी दिनमा विद्यालय तहमा समेट्ने योजना बनिसकेको जानकारी गराउनुभयो । उहाँले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने समेत जानकारी गराउनुभयो । योग एक दिन हैन हरेक दिन व्यवहारमा ल्याउने प्राकृतिक ज्ञान हो भन्नुभयो ।
त्यसैगरि पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नु महत्वपुर्ण कार्य भएको जनाकारी दिनुभयो । उहाँले स्वामी आनन्द अरुण गौतम बुद्ध जन्मेको दिनलाई योग दिवस मनाउनुपर्ने सुझाव समेत दिनुभयो । सहभागीहरुले प्राथमिक तहमा मात्र नभै माध्यमिक तह सम्मको पाठ्यक्रममा योग शिक्षा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।
सोही अवसरमा स्वास्थय मन्त्रालय अन्र्तगत रहेको राष्ट्रिय योग अभ्यासक्रमका संयोजक सोनाम साथीले मन्त्री पोखरेललाई योगाभ्यास पुस्तिका हस्तान्तरण गर्नुभयो । पुस्तिकामा योगाभ्यासका चरणहरु उल्लेख गरिएको समेत जानकारी गराउनुभयो । बुधबार बिहान पद्य्मोदय माध्यमिक बिद्यालयबाट शूरु भएको प्रभातफेरी सहितको र्याली पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगी सभामा परिणत भै योगका महत्वमाथी प्रकास पार्दै समापन गरिएको थियो ।
हरेक बर्ष माघ १ गते मनाईदै आएको छ । पाँचौ योग दिवसको मूल नारा ‘राष्ट्रिय एकता योगको सान्दर्भिकता’ रहेको थियो । यहि नाराका साथ देशै भरि सरकारका मुख्य निकाय सहित विभिन्न संघसंस्थाको सहभागीता सहित योग दिवस मनाईएको थियो ।
त्यसैगरि काभ्रे जिल्लामा पतञ्जली योग समिति, धुलिखेल नगर समिति, धुलिखेल योग साधना केन्द्रको संयुक्त आयोजनामा धुलिखेलमा प्रभातफेरि सहित योग र योग दिवसको महत्व दर्शाउँद राष्ट्रिय योग दिवस सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्