राजश्व छलीका ३० थान मोवाईल बरामद



मोतीराम तिमल्सिना, काभ्रे ।

ईलाका प्रहरी कार्यालय बनेपाले राजश्व छली भित्रिएका मोवाईल बरामद गरेको छ । बनेपाका विभिन्न पसलहरुमा छापा मारी प्रहरीले ३० थान मोवाईल बरामद गरेको हो ।

मंगलबार साँझ गरेको विशेष अप्रेसनमा बनेपाका दुई मोवाईल पसलबाट १० लाख १७ हजार रुपैया बराबरका ३० थान मोबाईल बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताउनु भयो ।

बनेपाका विभिन्न पसलहरुमा राजश्व छली गरी ल्याएका मोवाईलहरु विक्री भईरहेको सूचना प्रहरीले प्राप्त गरे पनि प्रमाण नहुँदा बरामद गर्न सकेको थिएन । विशेषरी काडमाडौको न्यूरोडमा दैनीक आउने यस्ता मोवाईलहरु बनेपा सम्म आईपुग्ने गरेको प्रहरीले बताएको छ । कम मुल्यमा प्राप्त हुने मोवाईलहरु धेरै मुल्य लिएर ग्राहकहरुलाई विक्री भईरहेको सूचना प्रहरीले प्राप्त गरेको तिमल्सिनाले बताउनु भयो ।

जिल्लाका अन्य मोवाईल पसल र ग्राहकहरुसँग भएका त्यस्ता मोवाईहरु समेत बरामद हुन सक्ने गरी प्रहरीले अप्रेसन शुरु गरेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बजेट तथा कार्यक्रममा अबैद्य तरिकाले भित्रने मोवाईल फोन दर्ता गरेर मात्रै संचालन हुने बताउनु भएको थियो । तिमल्सिना बनेपा प्रहरी ईन्चार्ज भए लगत्तै अप्रेसनलाई तिब्रता दिईएको छ । तिमल्सिनाले लागु औषध तथा मदिरा नियन्त्रण अभियानलाई तिब्र पार्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्