सुनसरीमा टाउको काटिएको अवस्थामा महिलाको शव फेला



??????????

न्युज अफ नेपाल, विराटनगर ।

सुनसरीको वराहक्षेत्र नगरपालिका १ दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शव नजिकै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सडेको अवस्थामा फेला परेको शव नजिकै काटिएको टाउको भेटिएको प्रहरीले जनाएको छ । महिलाको अनुहार नचिनिने अवस्थामा रहेकाले शवको पहिचान हुन सेकेको छैन । शव हेर्दा महिलाको उमेर अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनसुन्धान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्