भ्वाङमा बस



बेइजिङ, (एजेन्सी)।

उत्तर पश्चिम चीनमा अचानक सडक भास्सिएर बनेको खाल्डोमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। उक्त दुर्घटनामा १६ जना घाइते भएका छन्।

किंघाइ प्रान्तमा भएको उक्त घटनामा बस खाल्डोमा खसेपछि विद्युत सर्ट भई विस्फोट भएको भिडियो फुटेजमा देखिन्थ्यो। अस्पतालनजिक उक्त घटना हुँदा बस स्टपमा उभिएकाहरु भागेको देखिएका थिए।

केही व्यक्तिहरु सडकमा बनेको खाल्डोमा खसेका थिए। सडकमा भ्वाङ पर्नुको कारण पत्ता लगाउने प्रयास भइरहेको छ। सिंक होल भनिने यस प्रकारका भ्वाङ पर्ने घटना चीनमा नौलो होइन।

प्रतिक्रिया दिनुहोस्