लक्ष्मीनारायणलाई आश्रममै स्वास्थ्य सेवा



नेपाल समाचारपत्र, लमजुङ। 

बेंसीशहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको मानव सेवा आश्रममा आश्रित लक्ष्मीनारायणले स्वास्थ्य सेवा पाउनुभएको छ। सडक मानवका लागि बेंसीसहर स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले निःशुल्क शिविर सञ्चालन गरेको हो।

चिसोका कारण आश्रममा आश्रितलाई समस्या भएकोले शिविर सञ्चालन गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो। शिविरमा अस्पतालका १ जना मेडिकल अफिसर डाक्टरसहित ६ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए।

आश्रममा रहेका १६ जना सडक मानवलाई चिसोका कारण रुघाखोकी, ज्वरो, पेट दुख्नेलगायतका समस्या देखिएको र उनीहरूलाई चेकजाँच गरी निशुल्क औषधी वितरण गरिएको अस्पतालले जनाएको छ। स्वास्थ्य सेवा पाएसँगै सडक मानव खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्