बुटवल कार्यालयवाट करिव ५३ हजार स्मार्ट लाईसेन जारी



यमलाल भुसाल, बुटवल ।

सवारी चालक अनुमतीपत्र लाईसेनको (स्मार्ट लाईसेन) शुरु भएपछि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र बुटवलबाट ५२ हजार ८ सय ८४ वटा चालक अनुमतीपत्र जारी गरेको छ ।

बुटवल कार्यालयबाट स्मार्ट लाईसेन वितरण विसं २०७४ साउनदेखि शुरु भएकोमा विसं २०७६ साल पुष २४ गते १८ महिनाको अवधिमा उक्त संख्याको लाईसेन जारी गरिएको र १२ हजार २ सय ५२ वटा विभिन्न प्रकृतिका सवारी चालक अनुमतिपत्रको थप गरिएको कार्यालयले जनाएको छ ।

स्मार्ट सवारी चालक अनुमतिपत्र पाउनेमा मोटरसाईकल ३० हजार १ सय १, कार ६ हजार ५ सय ८५, टेम्पो ७ सय ६९, ईरेक्सा २ सय ८४, टेक्टर २ हजार ९ सय ४५, स्कुटर १२ हजार १ सय ९९ र पावर टेलर १ गरि कुल ५२ हजार ८ सय ८४रहेको कार्यालयका लेखा अधिकृत मक्ति भटृराईले बताउनु भयो । उक्त स्मार्ट सवारी चालक अनुमतिपत्र जारी गदा ८ करोड ६० लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

डेढ वर्षको अवधिमा कार्यालयवाट ७६ हजार ८ सय १३ वटा चालक अनुमतिपत्र नविकरण र प्रतिलिपीका रुपमा वितरण गरिएको छ । कार्यालयवाट डेढ वषको अवधीमा मोटरसाईकिल १ हजार ९ सय३८, कार ८ हजार ७ सय २८ टेम्पो ४ सय ४७ , मिनी बस टृक २ सय ४१ हेभि टृक ३ सय ६० वटा चालक अनुमतिपत्रमा थप गरि वितरण गरिएको जनाएको छ ।

त्यस्तै गरि हेभि मेशिनरी अन्र्तगत दमकल ,लोडर, डोजर स्काभेटर क्रेन लगायतका गरि ६६ वटा र ५६ वटा स्कुटरको चालक अअनुमती पत्रमा थप गरिएको छ ।
१२ हजार २ सय ५२ वटा सवारी चालक अनुमतीपत्र थप गर्दा ६३ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

सवारी चालक अनुमतीपत्रका लागि सधै भिडभाड हुने बुटवलमा आर्थिक वर्ष ०७६/ ०७७ को ६ महिनामा ८ करोड १२ लाख १३ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत भटृराईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्