यी देशमा सुप बनाएर खान साङ्लाको व्यवसाय गरिन्छ



काठमाडौँ । साङ्ला भन्ने वित्तिकै तपाईलाई फोहोरको याद आउने गर्दछ। धेरै मान्छेहरु यो सँग डराउने पनि गर्दछन्। तर केही यस्ता छन् पनि छन् जहाँ साङ्लाको सुप बनाएर खाने गर्दछन्।

ती देशहरुमा साङ्ला पाल्नु एउटा व्यवसाय मानिने गर्दछ। यसलाई निकै हेरचाह गरेर पालिने गरिन्छ। साङ्गा कयौँ व्यक्तिका लागि राम्रो कमाई गर्ने माध्यम पनि बनेको छ। चीनसहित कयौँ एसियाली देशमा साङ्ला फ्राइ गरेर खाने गरिन्छ। चीनको शीचाङका मानिसहरु साङ्लालाई औषधिय गुणका रुपमा लिने गरिन्छ।

यहाँको एक कम्पनीले हरेक वर्ष करिब ६५० करोडको साङ्ला पालने गर्दछ। चिनियाँ मिडियाका अनुसार शीचाङ शहरको एक भवनमा साङ्ला पालिएको छ। यस भवनको परिसर दुई वटा फुटबल मैदान बराबरको छ। उक्त भवनमा हजारौँ पातला पातला दराज राखिएको छ।

जहाँ साङ्लालाई पालिने गरिन्छ। यसैमा साङ्लाको खाने कुराको व्यवस्था गरिएको हुन्छ। उक्त भवनलाई अध्यारो बनाइएको हुन्छ। भवनभित्रको वातावरण साङ्ला पाउन मिल्ने खालको बनाइन्छ।

प्रतिक्रिया दिनुहोस्