जर्बजस्ती करणीमा अदालतको फैसलाः श्रीमानले हारे, श्रीमती बन्धक, ‘सई’लाई सफाई



मोतीराम तिमल्सिना, काभ्रे ।

श्रीमतीलाई पटक पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन संर्घषरत श्रीमानले हारेका छन् । श्रीमती होस्टाईल भएकी छिन् भने अपराधमा संलग्न प्रहरीका सईले सफाई पाएका छन् ।

न्याय माग गर्दा श्रीमान श्रीमती दुबै अन्यायमा परेका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकले जर्बजस्ति करणी गर्ने प्रहरीका सईले सफाई पाएका हुन् । अदालतमा बकपत्र गर्न पुगेकी पीडित होस्टाईल भई जर्बजस्ति करणी गरेको होईन भन्ने बयान दिनु भएको छ भने घटना भएको दिन कार्यस्थलमै रहेको ब्यहोराको पत्र जिल्ला प्रहरी कार्यालय धनुषाले बनाई दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश भिस्मराज प्रसाईको इजलासले जर्बजस्ति करणी मुद्दामा २०७६ पौष १६ गते प्रहरी सई रामविनोद राय यादवलाई धनुषा प्रहरी कार्यालयको पत्र, पीडित युवतीको वकपत्रका आधारमा शंका रहित रुपले स्थापित भएकाले जाहेरवाला स्वंयमले अदालतमा उपस्थित भई बकपत्रमा जर्बजस्ति करणी गरेको होईन भनेकाले सफाई दिने फैसला भएको अदालतले जानकारी दिएको छ ।

‘पीडित युवतीले प्रहरीमा दिएको उजुरी, बयान, बयानका क्रममा लिएको अडियो, भिडियो, स्वास्थ्य परिक्षणको प्रतिवेदन, श्रीमानको बयान, साक्षीहरुको बयानले सफाई दिन मिल्दैन’–एक अधिवक्ताले भन्नुभयो–‘सरकारी पदमा भएका ब्यक्तिले पदको समेत दुरुपयोग गरेर गराईएको होस्टाईलका आधारमा युवतीले असुरक्षित हुँदै उक्त बयान दिएको हुनसक्छ । अदालत र प्रहरीले त्यसमा ख्याल पु¥याउनु पर्दथ्यो ।’

‘दिदीकै हालत बनाउँछु भन्दै कञ्चटमा पेस्तोल दाब्यो अनि जर्बजस्ति गर्योे, अहिले उसैले सफाई पायो ।’

जिल्ला अदालतका तत्कालिन न्यायाधीश न्यायाधिश दिपककुमार खरेलले २०७६ जेष्ठ १० गते पक्राउ परेका ामविनोद राय यादवलाई २०७६ जेष्ठ ३० गते पुर्पक्षमा राखेर अनुसन्धान गर्ने आदेश दिनु भएको थियो । आदेश उपर पुनरावेदन पुगेका यादवलाई २०७६ असार २६ गते उच्च अदालत पाटनले २ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । श्रीमान नेपाली सेनामा सिपाही थिए भने श्रीमतीलाई आर्कषक घर किनिदिने प्रलोभन र नमाने मारिदिने धम्कि दिईएको थियो ।

यस्तो थियो घटना

समाजमा यस्ता श्रीमान पनि हुन्छन जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका थिए । उनी नमुना र उदाहरणिय पुरुष थिए । भन्छन श्रीमतीको खुशिका लागि जे गर्न पनि तयार छु । ‘जे भयो भयो अब त्यसो नगर्नुस् मेरो घर परिवार सबै विग्रन्छ भनें’–श्रीमानले भने–‘उल्टै धम्कि दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपन्च रचे ।’

श्रीमानले भने– ‘कतिसम्म भने भाट भटेनी सुपरमार्केटमा काम गर्ने एक जना महिलालाई हुँदै नभएको घटना बनाएर बानेश्वर प्रहरी चौकीमा जर्बजस्ति करणीको उजुरी गराए । महिला आफैले प्रहरीका सई रामविनोद रायले फसाउने नियतका साथ उजुरी गर्न लगाएको बताए पछि उल्टै प्रहरीले हप्काएर पठायो ।

त्यसको कागज अझै सुरक्षित छ ।’ प्रहरी प्रधान कार्यालय नक्सालमा समेत पटक पटक माफि माग्दै लिखित कागज गरेका सई रामविनोद राय यादवले पेस्तोल देखाउँदै श्रीमान श्रीमतीलाई अलग गराउने षढ्यन्त्र गरे । दुबैले त्यो षड्यन्त्र पुरा हुन नदिन प्रहरी कार्यालयमा उजुरी दियांै’–श्रीमानले भने ।

प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाए पछि हिरासत भित्रैबाट सई रामविनोद रायले श्रीमान श्रीमती बीच झगडा गराउने योजना बनाए । ‘२०७६ जेष्ठ २५ गते शनिबार दिउँसो दुबै जनालाई घरबाट आफन्त भेट्न आएका छन् धुलिखेल आउनु भन्दै बोलाए । धुलिखेलमा रामविनोद राय यादवका सबै परिवार र आफन्त बोलाएर राखिएको रहेछ । मुद्दा चलुञ्जेल उनिहरु धुलिखेलमै अड्डा जमाएर बसेका छन् । शनिबारको दिन म पनि विदा लिएर धुलिखेल गएको थिएँ । मैले रक्सि पनि खाएकोे थिईन ।

मलाई उल्टै रक्सि खाएको भन्दै सादा पोशाकका प्रहरी पठाएर कुटपिट गरे । श्रीमती छुट्टयाउन आउँदा श्रीमतीलाई कुटेको भन्दै मलाई आर्मी ब्यारेकमा पठाई दिए । श्रीमतीलाई प्रहरी कार्यालयमा पठाए । त्यहाँ पनि राम्रो ब्यवहार पाउन सकिएन । हामीलाई मिल्न दबाब दिएका छन् । जेलबाट २० लाख तिरेर निस्केपछि तिमीहरु दुबैलाई मारिदिन्छु भनेका छन्’–श्रीमानले भने । ‘दाईजो मागेको र बाल विवाह गरेको अभियोगमा उल्टै उजुरी गरेर फसाउँछु भनेर धम्कि दिए ।’

‘सई रामविनोद राय यादव इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत थिए । रौतहट गौर घर भएका यादवका चारवटा छोरी र एक छोरा छन् । छोरा एमविविएस पढ्दै छन् । तीन छोरीको विवाह गरी नाति नातिना भईसकेका यादवले मेरी श्रीमतीलाई पटक पटक मानसिक, शारिरिक यातना दिएको कुरा प्रहरीकोमा पहिल्यै उजुरी गरिसकेका थियौं ।’

‘श्रीमतीले कि मर्नु र कि श्रीमानलाई भन्नु बाहेक अर्काे उपाय नदेखेपछि म सँग भनिन’–उनले भने–‘मर्दा पर्दा साथ दिने हामी दुई मात्रै भएकाले हामीले प्रहरीकोमा उजुरी गर्ने निर्णय गरेका हौं ।’ ‘म उनलाई जस्तो अवस्थामा पनि साथ दिन्छु उनले पनि त्यहि कसम खाएकी छिन्’–उनले भने । म टुहुरो हुँ, नेपाली सेनाको सिपाही पदमा कार्यरत छु ।

‘अफिसकै सहयोगले अन्याय विरुद्ध लड्न सक्ने क्षमता बढेको छ’–उनले भने । रामविनोदय राय यादव विरुद्ध नक्सालमा जर्बजस्ति करणीमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमार्फत चलेको थियो । ‘१८ वर्षको उमेरमा रामविनोद राय यादवले मलाई घरमै आएको बखत फकाई फकाई एप्पल जुसमा निन्द्रा लाग्ने औषधी राखेर लजमा पु¥याई जर्बजस्ति गरेछ, भिडियो खिचेर फिल्म बनाएछ, पटक पटक त्यहि देखाएर यौन हिंसा गरिरह्यो’–पीडित श्रीमतीले भनिन्–‘अध्ययन गर्दै थिएँ, विवाहको कुरा उसैले चलायो । जनकपुरमा भाई र म गएर केटा भेट्यौ । विवाहका लागि हामी तयार भयौं तर त्यहि सई रामविनोद राय यादवले रोक्न खोज्यो ।

भाड्न खोज्यो । धम्क्यायो ।’ विवाह गर्न नदिने षढ्यन्त्र रच्यो उ सफल भएन र विवाह पछि पनि हामीलाई अलग गराउन पटक पटक जर्बजस्ति ग¥यो ।’ ‘शैक्षिक प्रमाणपत्र र नागरिकता समेत कब्जामा लिएको छ, मुद्दा फिर्ता नलिँदासम्म नदिने बताएको छ’–उनले भनिन् । ‘श्रीमानलाई त्यागे जनकपुरमा तीन तल्ले घर किनेर पार्लर समेत राखिदिन्छु भनेको थियो, म बरु मर्न तयार छु श्रीमानलाई छाड्दिन भने पछि उसले श्रीमान र मलाई अनेक ढंगबाट फसाउने प्रपन्च ग¥यो’–उनले भनिन–‘विवाह पछि कोठाबाटै उठाएर दुई रात तीन दिन बेहोस बनाएर जर्बजस्ति ग¥यो, मलाई सडकमा छाडेर प्लेन चढेर जनकपुर पुगेर फोटो फेसबुकमा पोस्ट गरेर साँचिलो बन्यो, यता मेरो श्रीमान मलाई खोजेको खोज्यै हुनु भयो । सबै कुरा भनेपछि प्रहरीकोमा उजुरी दिन पुग्यौं ।’

‘अर्काे पटक रक्षाबन्धनको दिनमा कोठामै आई कञ्चटमा पेस्तोल राखेर जर्बजस्ति गरेर भाग्यो । यस्ता थुप्रै हर्कतहरु सहें तर श्रीमान छाड्न सकिन । श्रीमानले पनि मलाई छाड्ने कुरा कहिल्यै गर्नु भएन । अहिले पनि सबै कुरा सविस्तार भन्नु साथ दिन्छु भन्नु भएको छ’–उनले भनिन् । त्यहि फोटो र प्रमाणका आधारमा उसले सफाई पायो ।

‘६ दिदी बहिनी मध्ये ५ जना छौं । दुईवटा भाई छन् । माईली दिदी अनिता यादवको सई रामविनोद राय यादवको कान्छो भाई अमोद यादवसँग गौरमा विवाह भएको थियो । ७÷८ वर्ष अघि घर भित्रै जलाएर उसैले मा¥यो । पेटमा बच्चा थियो । दाईजो नल्याएको निहुँमा उसैले घर भित्रै आगो लगाएर जलायो । उपचार गर्न ल्याउने भन्दै काठमाडौको पशुपतिमा जलायो ।

कसैलाई उजुरी गर्न दिएन । पुनः दबाबमा मेरो साईली दिदीको उसैसँग विवाह गरिदियो । नाताले भिनाजु पर्ने सई रामविनोद यादवले मलाई पनि त्यसै गर्छु भनेर धम्क्याउँछ । तेरो दिदी मारेको कसैले केहि गर्न सक्यो, तँ र तेरो लोग्ने दुबैलाई मारिदिन्छु भन्छ’–उनले भनिन्–‘मेरो श्रीमानलाई पनि हुँदै नभएको घटनामा फसाउने र जागिरबाट निकाल्ने योजना बनाउँदै पटक पटक दुख दिएको छ । तर उहाँको अफिसबाट सहयोग भएकाले गलत फाईदा उठाउन पाएन ।’

‘अदालतमा पुग्ने मुद्दा मिलापत्र गर्न मलाई दबाब दिएको छ । शिर कट्छ मेरो म मिल्न सक्दिन । मेरो आँशु जति बगेको छ त्यसलाई कारवाही हुनु पर्छ । श्रीमानले अदालतमा पनि नढाँट्नु भन्नु भएको छ’–उनले भनिन्–‘बाईक चोरीमा समेत श्रीमानलाई फसाउन खोज्यो । तर सकेन । प्रहरी सुुरेन्द्र ठाकुरलाई सई यादवले यस्तै काममा प्रयोग गर्ने गरेको छ ।

बाबु आमा नभएकाले मामाहरुको साहारामा बस्दा समेत उसले मुख नै देखाउन नहुने गरी बदनाम गरायो । महिला भएर बाँच्न कठिन छ । तर श्रीमान बुझ्ने हुँदा मलाई समस्या छैन । समस्या त्यहि छ यसको दबाब र अन्याय कति सहनु ?’ ‘प्रहरी भित्रैबाट हामीहरुलाई मिल्न दबाब दिदै उल्टै मेरो श्रीमतीलाई खराव बनाउने योजना भएको छ ’–श्रीमानले भने–‘न्याय कहाँ मिल्छ, शान्ति कसरी पाईन्छ ।’

जनकपुरधाम माईती भई रौतहटको गौर भएकी १८ बर्षिया महिलालाई प्रहरीका सई रामविनोद यादवले नाता जोड्दै नजिकिए पछि शारिरिक सम्वन्ध राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्