प्रदेशका अच्छा खेलाडी



बल्लतल्ल प्रदेश ३ ले नाम र स्थायी राजधानी पाएको छ। पार्टीलाई चुनौती दिने नेकपाको असन्तुष्ट आवाजलाई जबरजस्त मुखौरो लगाएर काम कुरो फत्ते गरिएको छ।

प्रदेशको स्वायत्त अधिकारलाई संघीय सरकारले झ्याप्पै हमला गरेसी काम कुरो फ्याटफ्याटी अघि बढ्यो।खैं कोहीकोही नेता त विष पिउने र नभए बौलाउने कुरो पनि गर्थे अहिले कुरो के छ कुन्नी ?

यस्तै तर्कका बीचमा बधाई र शुभकामना आदानप्रदान व्यापक भा’छ। यही वहानामा चिर्यस त अझ कति हो कति भनिसाध्य छैन। नेता, सांसदले खुसीयाली बाँड्नु स्वभाविक हो, घरजग्गा कारोबारी तीन गुणा बढी खुसी भा’छन्। दिन त यस्तै ग्याङको शुरु भा’छ। यिनले प्रदेशको मुहार फेर्ने भए, हैन भने हेरौं शुभकामना।

प्रतिक्रिया दिनुहोस्