बहुआयमिक सहकारीको साधारण सभा सम्पन्न



काठमाडौं, (नेस)।

बहुआयमिक कृषि बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। बार्षीक प्रतिवेदन र भावी कार्यक्रम पास गर्दै संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै बहुआयमिकका अध्यक्ष ध्रुव प्रसाद खनालले विश्वब्यापी सहकारिताको भावना, मूल्य मान्यता, सिद्धान्त अनुरुप पारदर्शी रुपमा सदस्यहरूको आर्थिक, सामाजिक हितको लागि अनवरत लागिरहेको बताउँदै सहकारिताको माध्यमबाट उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउँदै आएको बताउनुभयो।

उहाँले संस्थामा जम्मा हुन आएको बचत रकम, शेयर वापतको रकमलाई ब्यवसायिक योजना तथा सदस्यहरूलाई उद्योग व्यवसाय सञ्चालन गर्नको लागि ऋणका साथ साथै बचत फिर्ताको लागि यथेष्ट तरलता कायम गरिएको, शिक्षामा बिभिन्न सरकारी तथा निजि स्कुलहरूमा २५ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृती प्रदान गरिदै आएको पनि जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका पूर्व मन्त्री बिक्रम ब. थापाले विश्व अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै नेपालको अर्थतन्त्रमा पनि सहकारी क्षेत्रको करिब एक तिहाई योगदान रहेको दावी गर्नुभयो। कार्यक्रममा जेष्ठ नागकि, एकल महिला, उत्कृष्ट महिला समुह तथा सहकारीका उत्कृष्ट कर्मचारीलाई सम्मान र पुरस्कृत समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्