दमन नगर्न चेतावनी



वासिङ्टन, (एजेन्सी)।

इरानमा सरकारविरुद्ध उत्रेका प्रदर्शनकारीविरुद्ध दमन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिएको छ। साथै ट्रम्प प्रशासनले इरानसँग बिना शर्त वार्ताको प्रस्ताव पनि राखेका छन्।

युक्रेन एयरलाइन्सकाको विमानलाई गल्ती बस क्षेप्यास्त्र प्रहार गरी खसालेको विरोधमा इरानका नागरिकले आयातुल्लाह खोमिनीको सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। इरानका नेताहरूको नाममा ट्विट गर्दै आफ्नो देशका प्रदर्शनकारीलाई नमार्न ट्रम्पले भनेका छन्।

पहिले नै हजारौंलाई मारिसकेको विश्वले हेरिरहेको र महान् इरानी जनतालाई मार्न बन्द गर्न उल्लेख गर्दै अमेरिकाले पनि हेरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्