नेतालाई मृत्युदण्ड



दमास्कस, (एजेन्सी)।

बीबीसी अरबीले गरेको एक अनुसन्धानअनुसार सिरियाली– कुर्दिस राजनीतिक नेता हेभरिन खालाफलाई टर्की समर्थित सिरियन नेसनल आर्मी (एसएनए)सँग आवद्ध एक समुहले मृत्युदण्ड दिएको सोमवार जनाएको छ।

एसएनएका लागि संघर्ष गर्दै आएको लडाकु समूह अहरर अल–सारकियालाई हत्याको आरोप लगाइए पनि त्यसले भने हेभरिनको मृत्युमा आफ्नो कुनै हात नरहेको बताएको छ।

हेभरिनको परिवार, उनका पूर्वसाथीहरु र एकजना प्रत्यक्षदर्शीको बयानको आधारमा बीबीसीले १२ अक्टोबर २०१९ मा यो खबर सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्