शाही पद परित्याग प्रकरण : महारानीद्वारा छलफल गर्न आपत्कालीन बैठक बोलाइयो



लन्डन (एजेन्सी)।

बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको शाही भूमिका परित्यागको घोषणाले बेलायतमा ठूलो हलचल मच्चाइरहेको छ। यस मामिलालाई लिएर महारानी एलिजाबेथ द्वितीयले यस मुद्दालाई लिएर आपतकालीन बैठक बोलाएकी छन्।

नरफोकको सेनड्रिंगम एस्टेटमा आफूसँग भेट्न राजकुमार ह्यारीलाई महारानीले बोलाएको बताइएको छ। उक्त भेटमा ह्यारी र मार्कलको आगामी भूमिकामा छलफल हुनेछ।

ड्युक अफ ससेक्स प्रिन्स ह्यारी र उनका भाइ ड्युक अफ क्याम्ब्रिज राजकुमार विलियम र उनका पिता प्रिन्स अफ वेल्स चाल्र्सलाई पनि यस बैठकमा बोलाइएको छ।

मेगन मार्कल क्यानाडाबाट यस बैठकमा जोडिन सक्छिन। मार्कल आफ्नो आठ महिने छोरा आर्चीसँग हाल क्यानाडा छिन्।यो बैठकलार्य सेनन्ड्रिगम समिट भनिएको छ। यो राजकुमार ह्यारीको शाही भुमिकाबाट अलग हुने घोषणापछि ९३ बर्षिय महारानीसँग पहिलो प्रत्यक्ष भेट हो।

यसको कारणमा उनले आफ्नो बाँकी जीवन बेलायत र उत्तर अमेरिकामा बिताउन चाहेको र आर्थिकरूपमा आत्मनिर्भर बन्न चाहेको उल्लेख गरेका छन्।

यो पारिवारिक जमघटबाट भावी कदम तय हुनेछ जसले शाही परिवारसँग शाही दम्पतीको नयाँ सम्बन्धको परिभाषित गरिनेछ। महारानीले यो मामिलालाई चाँडो भन्दा चाँडो सल्टाउन चाहेकी छन्।

मेगनको छालाको रंग प्रमुख कारण

ह्यारी दम्पतीद्वारा शाही पद परित्याग गर्ने निर्णय पछाडि मेगन मार्कलको ‘छालाको रंग’ अर्थात वर्ण भएको बेलायतका केही अश्वेत नागरिकहरूले दाबी गरेका छन्।

मार्कललाई वर्णका कारण निसाना बनाउने गरिएको उनीहरू बताउँछन्। विशेषगरी सञ्चार माध्यमको एक टप्काले यस्तो गरिरहेको थियो।बेलायतका कयौं अल्पसंख्यक अश्वेतले अन्तत अब यो जोडीले रंगभेदी अपशब्दबाट छुटकारा पाउने बताएको न्युयोर्क टाइम्सले जनाएको छ।

साउथ इस्ट लन्डन निवासी साना एडनेसले भने– ‘इश्वरलाई धन्यवाद, उनीहरू अब मुक्त छन्। छालाको रंगका कारण कसैको अपमानजनक व्यवहार सहनु गलत हो। मलाई थाहा छ, किनभने म क्यारिबियन मुलकी हुँ , यहाँ हुर्कें, बढें मैले यसको अनुभव गरेको छु।

डेली मेलका एक स्तम्भकारले यी जोडीको ताजा फैसलाको निन्दा गर्दै स्वार्थी र भगुवा पाखन्डी भएको बताएका थिए। उनीविरुद्ध घमन्ड, लालच जस्ता शब्दको पनि प्रयोग गरिएको थियो।

प्रशिद्ध कमेरिडयन गिना यासेरेले उक्त लेखको जवाफमा भनेका छन्– ‘हरेक अश्वेतलाई थाहा छ, यो हुनेछ। लगातार कटु आलोचनाको आडमा नस्लवादी हमला हो।’

प्रतिक्रिया दिनुहोस्