प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद् विस्तार



मड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गर्नुभएको छ । आइतबार सार्वजनिक गरिएका २२ मन्त्रीहरु मध्ये ११ जना महिला र ११ जना पुरुष रहेको समाचारमा जनाइएको छ ।

उहाँले आफू नेतृत्वको गठबन्धन सरकारले बहुपक्षीय सुझाव सल्लाहलाई आधार मानेर स्पष्ट मार्गमा हिड्ने बताउनु भएको छ । प्रथम उपाध्यक्षमा कार्मेन काल्भो, गृहमन्त्रीमा फेर्नान्डो ग्रानड मार्लास्का र अर्थ मन्त्रीमा मारिया जेसस मेन्तेरोलाई नियुक्त गरिएको छ ।

त्यसैगरी अरान्चा गोन्जालेज लाया नयाँ विदेशमन्त्री बन्नुभएको छ भने जुयन कार्लोस काम्पोले नयाँ न्यायमन्त्री र मार्गारिता रोब्लेसले नयाँ रक्षामन्त्रीको जिम्मेबारी पाउनुभएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्