कराँतेका अनु र सुनिता सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं।

सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेका स्वर्ण विजेताद्वय अनु अधिकारी र सुनिता महर्जनलाई नगदसहित सम्मान गरेको छ।

सर्वशक्तिको पाँचौं वार्षिक साधारण सभाको अवसरमा दुवैलाई सम्मान गरिएको हो। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, सर्वशक्तिका अध्यक्ष सुरेन्द्र महर्जन र सर्वशक्तिका सचिव दिलबहादुर बुढाथोकीले उनीहरुलाई नगद र प्रशंसापत्र प्रदान गरी सम्मान गरे। सोही अवसरमा एकेएफ परीक्षाको जज ‘ए’ श्रेणीमा उत्तीर्ण हुन सफल महेश महर्जनलाई पनि नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्