केसीटीसी र एनसीए विजयी



नेपाल समाचारपत्र, काठमाडौ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित नेक्सस कपको तेस्रो संस्करणअन्तर्गत् आइतबार भएको खेलमा केसीटीसी र एनसीए नेपालले जित हात पारेका छन्।

मूलपानीमा भएको खेलमा केसीटीसीले ओसिस क्रिकेट एकेडेमी काठमाडौंलाई ७ विकेटले हराउँदा एनसीएले विरेन्द्र सैनिक स्कुललाई ९ विकेटले पराजित गरेको थियो।

टस जितेर ब्यटिङ रोजेको ओसिसले निर्धारित २० ओभरमा अलआउट हुँदै ६३ रन बनाएको थियो। ६४ रनको झिनो लक्ष्य केसीटीसीले १०.१ ओभरमा ३ बिकेट गुमाउँदै हासिल गरेको थियो।

विजेता टोलीका लागि हेम यादवले ३६ रन र दीपक डुमे्रले २४ रनको योगदान दिए।अर्को खेलमा टस जितेर ब्याटिङ गरेको सैनिकले ७९ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य एनसीएले ९.४ ओभरमा १ बिकेटको नोक्सानीमा प्राप्त गरेको थियो। टोलीलाई जित दिलाउन नरेन भट्टले ३७ रन र उत्तम थापा ले २१ रन बनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्