ज्वालामुखी विस्फोट



मनिला, (एजेन्सी)।

फिलिपिन्सको राजधानी मनिलाको दक्षिण भागमा पर्ने ज्वालामुखी पहाडमा आइतबार विस्फोटन भएको छ। मनोरम प्राकृतिक दृश्य भएको एउटा तालमा रहेको सो ज्वालामुखी विस्फोटन हुँदा तस्वीर खिच्ने पर्यटकहरूको भीड लागेको छ।

ठूलो परिमाणमा त्यहाँबाट खरानी र वाफ निस्कँदा वरपरका हजारौं व्यक्तिको भागाभाग भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। यसै घटनाको कारण मनिला अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिनुपरेको सरकारी अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्