इक्यानको अध्यक्षमा पाण्डे



काठमाडौं, (नेस)।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्। आइतबार सम्पन्न १४ औँ साधरणसभाले पाण्डे सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो।

पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो। उहाँ यसअघि २०७२ फागुनदेखि २०७४ चैतसम्म अध्यक्ष हुनुभएको थियो। महासचिवमा दीपकराज भुसाल चयन हुनुभएको छ। भुसाल हालको कार्यसमिति सदस्य हुनुहुन्छ।

उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्णहरि केसी चयन भएका छन्। यस्तै सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ चयन हुनुभएको छ। यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ चयन हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्