प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित



न्युज अफ नेपाल,हेटौडा ।

आजदेखि प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ । आज बिहान प्रदेश नं ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पारित गरेको हो ।

आज बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जाहेर गरेका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्