साताभर डेढ अर्बको शेयर कारोबार



नेपाल समाचारपत्र, काठमाडौं।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार भएको छ। यो साता बजार करिब १०० अंकमाथि पुगेको छ भने कारोबारमासमेत उच्च भएको छ।

साताभर कुल १७९ कम्पनीका १ अर्ब ४६ करोड ८२ हजार ५५३ कित्ता शेयर चार अर्ब २२ करोड ५६ लाख ३२ हजार ८ सय २७ रुपियाँ बराबरमा कारोबार भएको छ।

साताभर पाँच कारोबार दिनमध्ये बुधबारमात्रै नेप्सेमा सामान्य अंकको गिरावट आएको थियो। बुधबारबाहेक अन्य दिन शेयर बजार सकारात्मक देखिएको थियो।

साताको पहिलो दिन नै शेयर बजारमा दोहोरो अंकको वृद्धि देखियो।यसदिन नेप्से परिसूचक १६ दशमलव शून्य ९ विन्दुले बढेर ११८२ दशमलव ३१ मा पुग्यो। नेप्सेमा दोहोरो अंकको वृद्धिसँग कारोबार रकममा समेत वृद्धि भयो।

यसैगरी सोमबार पनि नेप्से परिसूचक १८ अंकले बढेको थियो। त्यस दिन नेप्से १८ दशमलव २६ अंकले बढेर १२०० दशमलव ६९ मा पुग्यो।मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै बढ्यो।

त्यस दिन नेप्से १६ दशमलव २३ बिन्दुले बढेर एक हजार २१६ दशमलव ९२ मा पुग्यो। धेरैपछि कारोबार रकम अर्बमाथि पुग्यो। बुधबार भने नेप्से ७ दशमलव ३२ बिन्दुले घट्यो। बिहीबार भने नेप्से परिसूचक सामान्य अंकले बढ्यो। त्यस दिन नेप्से ३ दशमलव ५१ ले वृद्धि भई १२१३ दशमलव ११ मा पुग्यो।

प्रतिक्रिया दिनुहोस्