भारत–पाकबीच परमाणु जानकारी आदानप्रदान



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानले आफ्नो परमाणु स्थलहरूको एक सुचीभारतलाई बुझाएको छ। सन् १९८८ डिसेम्बर ३१ माभारत र पाकिस्तानबीच दभएको एक सम्झौताअनुसार दुवै देशले आ–आफ्नो परमाणु प्रतिष्ठानहरूका बारेमा एक अर्कालाई जानकारी उपलब्ध गराउनुपर्नेछ।

परमाणु स्थल तथा प्रतिष्ठानमाथि हुन सक्ने आक्रमण रोक्नगरिएको उक्त सम्झौताको अनुच्छेद २ अनुसार सूची भारतिय उच्चायोगका एक अधिकारीलाई सुम्पिएको हो।

पाकिस्तानीविदेश मन्त्रालयका अनुसार नयाँदिल्लीमा विदेश मन्त्रालयले भारतिय परमाणु प्रतिष्ठानहरूको सुचीविहानपाकिस्तानको उच्चायोगका एक प्रतिनिधिलाई बुझाएको थियो।

सम्झौताअनुसार दुवै देशले हरेक वर्षको जनवरी १ मा एक अर्कालाई परमाणु केन्द्र तथा प्रतिष्ठानहरूको सूचनादिनु अनिवार्य हो। सन् १९९२ देखि लगातार यस प्रकारको आदानप्रदान गरिरहेको विदेश मन्त्रालयले जनाएको छ।

सन् १९९८ माभारतले परमाणु हतियारको परीक्षण गरेलगत्तै पाकिस्तानले पनि आफ्नो परमाणु बमको परीक्षण गरेका थिए। सन् १९४७मा स्वतन्त्रताप्राप्त गरेपछि दक्षिण एसियाका यी दुई परमाणु शक्ति सम्पन्न देशबीच तीनवटा युद्ध भइसकेको छ।

पछिल्लो बर्षमान दुई देशबीचको तनावपूर्ण सम्बन्धले गर्दा युद्ध हुन सक्ने सम्भावनालाई नकारेको छैन। दुबै देशले युद्धको स्थितिमा परमाणु हतियारको प्रयोग हुने चेतावनी पनिदिने गरेका छन।

पाकिस्तानसँगकम्तिमा १ सय ६० परमाणु हतियार रहेको अनुमानगरिएको छ भने भारतसँगकम्तिमा १ सय ४० रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्