सुलेमानीमाथि ट्रम्पको बिनाप्रमाणको आरोप



वासिंगटन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी कमान्डर जनरल कासिम सुलेमानी अमेरिकाका चार दूतावासलाई निसाना बनाउने तयारीमा रहेको आरोप लगाएका छन्। उनले भने– ऊ चार दूतावासमा हमलाको षडयन्त्र रचिरहेका थिए भन्ने मलाई लागेको थियो।

सम्भवतः बगदादस्थित दूतावास मा पनि हमलाको षडयन्त्र थियो। सुलेमानीको हत्याको एक हप्तापछि पनि ट्रम्पले बिना कुनै प्रमाण वा अन्य जानकारी उक्त दाबी गरेको हो। संयुक्त राष्ट्र विधानको आर्टिकल ५१ अनुसार कुनै पनि देशले अर्को देशमा कारबाही गरेपछि आफ्नो पक्षमा प्रमाण पेश गर्नु पर्ने हुन्छ।

अमेरिकी प्रशासन अहिलेसम्म जनरल सुलमानीलाई मारेकोमा कुनै सटिक कारण बताउन सकिरहेको छैन। जनरल सुलेमानीको हत्यापछि विदेश मन्त्री पोम्पियोले प्रेस सम्मेलेनमा जनरल सुलेमानी पश्चिमी एसिया क्षेत्रमा अमेरिकी अधिकारीहरूलाई निसाना बनाउने तयारीमा रहेको बताएका थिए।

तर उनले पनि यस विषयमा कुनै थप जानकारी दिएको थिएन। सुलेमानी कसरी खतरा थियो भन्ने प्रश्नको जवाफमा पोम्पियोले मुद्दा डिसेम्बरमा विद्रोहीको हमलामा मारिएका अमेरिकी ठेकेदारकोमा मोडेका थिए।

अमेरिकाले जनवरी ३ मा इरानका कुर्दस् सेनाका जनरल कासिम सुलेमानीलाई मारेका थिए। त्यसपछि इरानले अमेरिकालाई त्यसको बदला लिने धम्की दिएको थियो।

जनवरी ७ मा इरानले अमेरिकाका दुई सैन्य अखडामा २२ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले उक्त आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दावी गरेपछि अमेरिकाले कसैको पनि मृत्यु नभएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्