प्रिन्स सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।

नेपालका उदियमान शटलर प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० अन्तर्गत् पुरुष एकलतर्फ सेमिफाइनलमा पुगेका छन्।

बिहीबार दशरथ रङ्शालाको कभर्डहलमा भएको क्वार्टरफाइनल खेलमा प्रिन्सले भारतका आयन रसिदलाई २१–१०, २१–९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। तर उनले मिक्स डबल्समा भने हारको सामना गरे।

उनी र रसिला महर्जनको जोडी भारतका आयन रसिद र तस्निम मिरसंग २४–२६, २१–१४ र २१–८ ले पराजित भएको थियो। रसिला एकलमा पनि पराजित भइन्। उनी मलेसियाकी करुपथेभन लेत्शाना संग २१–१४, २१–१२ ले हारेकी थिइन्।

तर नेपालकी निता लम्साले भने दोहोरो जित निकालेकी थिइन्। उनले महिला एकलतर्फ नेपालकै निलिमा महरालाई २१–१२, २१–६ ले पराजित गर्दै अन्तिम चारमा पुगेकी थिइन्। त्यस्तै उनले गोकुल जोरासंग मिलेर मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र निलिमालाई २१–१६, २१–१३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाईन्।

प्रतिक्रिया दिनुहोस्