मकै फल्ने बारीमा सुन्तला खेती



बासुदेव शर्मा, जाजरकोट ।

कुशे, नलगाड नगरपालिकाका किसानहरूले मकै रोप्ने बारीमा सुन्तला खेती शुरु गरेका छन्। ३ वर्ष अगाडी मकै लगाउने बारीमा उन्नत खेती प्रविधिको विकाससँगै किसानले आधुनिक खेती प्रणालीको विस्तार गरी आय आर्जनमा सुधार ल्याउन थालेका छन्। जाजरकोटका नलगाड नगरपालिका, कुशे गाउँपालिका लगाएतका गाउँका किसानले सुन्तला खेती गरेका हुन्।

छ महिना परिवारलाई खाना नपुग्ने मकै खेतीलाई विस्तारै कम गरेर खेतबारीमा स्थानीयले सुन्तलाका विरुवा रोप्न थालेका हुन्। नलगाड नगरपालिका–३ टट्टा, करुवा लगाएतका गाउँमा सुन्तला खेतीबाट किसानहरूले आय आर्जनमा बृद्धी गरेका छन्।

जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला जोन संचालन भएपछि सुन्तला खेती प्रविधिमा किसानको आक्रर्षण बढेको छ। परियोजना शुरु हुनु भन्दा केहि वर्ष अघि कुशे गाउँपालिका–५ दम्दालाका किसानले आफूले प्रयोग गर्नको लागि सुन्तलाका बोट रोपेका थिए।

अहिले कुशे–५ दम्दालालाई सुन्तला गाउँ भनेर परिचित हुने गरेको छ। त्यहाँका किसानले वार्षिक १ करोडसम्मका सुन्तला बिक्रि वितरण गर्ने गरेका छन्। नलगाड नगरपालिका–३ टट्टा र करुवाका किसान सुन्तला खेतीप्रति आक्रषित भएका छन्।

यस वर्ष सुन्तला खेतीबाट ५० लाख बरावरको रकम गाउँ भित्रिएको टट्टाका किसान मान बहादुर रोकाले बताउनुभयो। मकै रोपेर ३ महिना परिवार पाल्न धौ–धौ पर्ने गथ्र्यो सुन्तला खेती शुरु गरेपछि आय आर्जनमा सुधार लगाएत किसानको आम्दानीको स्रोत बनेको रोकाले बताउनुभयो।

‘करिब तीन वर्ष अघि आफूले प्रयोग गर्नको लागि थोरै बिरुवा रोपेका थियांै, रोकाले भन्नुभयो–‘सुन्तला उत्पादन हुने देखेपछि कृषि विकास कार्यालयसँगको सहकार्यमा केहि बिरुवाको माग गरेका छौं।’ अहिले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सुन्तला जोनका रुपमा नलगाड नगरपालिका–३ लाई पकेट क्षेत्रको रुपमा लिएपछि किसानको सुन्तला खेतीप्रति आक्रर्षण बढ्दै गएको उहाँको भनाइ छ।

‘आम्दानी पनि राम्रो भएको छ, विदेश गएर काम खोज्ने, इन्डिया गाएर भारी बोकेर कमाने दिन गए अब आफ्नै बारीमा मिहिनेत गरेर आम्दानी गर्छौ–रोकाले भन्नुभयो।

किसानलाई सुन्तला उत्पादनमा बृद्धि गर्नको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मौरी, सुन्तला जोन परियोजना जाजरकोटले किसानलाई आवश्यक पर्ने सामाग्री लगाएत बिरुवालाई स्वस्थ राख्न गर्नु पर्ने कामका विषयमा जानकारी दिने समय समयमा किसानसँग सहकार्य गर्ने आवश्यक परेको सामाग्री खरीद गरि तालिम लगाएत सुन्तला खेतीका विषयमा परियोजनाले छलफल गर्ने गरेको छ।

सुन्तला खेतीप्रति किसानको आक्रर्षण भएपनि बिरुवा कसरी लगाउने, कुन समयमा काटछाट गर्ने, कसरी काट्छाट गर्ने, बिरुवालाई स्वस्थ राख्ना कुन समयमा स्प्रे गर्ने, कसरी गर्ने, मल राख्दा बिरुवामा कसरी राख्ने भन्ने कुराको जानकारी लगाएत आवश्यक सामाग्री वितरण गरि सुन्तलाको पकेट क्षेत्रका रुपमा जाजरकोटलाई चिनाउन परियोजनाले किसानसग सहकार्य गर्दै आवश्यक ज्ञान सिप क्षमता अभिबृद्धी गर्न लागी पर्ने प्रधानमन्त्री आधुनिकिकरण परियोजन मौरी तथा सुन्तला जोन जाजरकोटका प्रमुख टंक प्रसाद रिजालले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्