बाल अधिकारबारे गण्डकी प्रदेशमा संसदीय अन्तरसंवाद



पोखरा, (नेस)।

बाल संरक्षण र अधिकारका सम्बन्धमा गण्डकी प्रदेशका नीति तथा कार्यक्रमबारे एक दिने अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ। बिहिबार पोखरामा कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बाल अधिकारसँगै बालबालिकालाई कर्तव्यको बोध समेत गराउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमा उपसभामुख सृजना शर्माले बालबालिकाबारे उचित नीति बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेश समाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले गण्डकी प्रदेश सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा बाल अधिकारका क्षेत्रमा आवश्यक विभिन्न नीतिहरू तर्फ ध्यानाकर्षण गराइएको थियो।

स्वतन्त्रता अभियान, जागृति बाल तथा युवा सरोकार नेपाल, यात्रामा रहेका बालबालिका (ड्युकम), बाल मैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, किशोरी अधिकारका लागि राष्ट्रिय सञ्जाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल लगायतका संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अन्तक्र्रियात्मक सत्रमा प्रदेश सभाका १० जना सांसदहरूले भाग लिनुभएको थियो।

करिब पाँच दर्जन सहभागी रहेको कार्यक्रममा बाल विवाह, बालबालिकाहरूको जन्म दर्ता, बाल श्रम, बाल संरक्षण, बालबालिकाहरूको सामाजिक सुरक्षा, बालबालिका सम्बन्धी ऐन निर्माण तथा कार्यान्वयन, बाल मैत्री स्थानीय शासन अबलम्बन, किशोरी सशक्तिकरण लगायातका विषयहरूमा सहभागीहरूले आफ्नो अभिमत राखेका थिए।

प्रतिक्रिया दिनुहोस्