नेपाल भ्रमण वर्षको अभियानको विरोध किन ?



नेपाल भ्रमण वर्षको अभियानविरुद्ध लेख्नेहरूले आफूलाई ठूलो बहादुरी गरेको ठान्ने गल्ती नगरुन्। अस्ट्रेलिया बसेर नेपालका पार्टीहरूको पक्ष–विपक्षको राजनीतिमा लागेर तानातान गर्नुको कुनै अर्थ छैन।

अस्ट्रेलिया बसेर आफ्ना देशको राष्ट्रिय अभियानमा आएका मन्त्रीको विरोध गर्नु र भ्रमण असफल बनाउने प्रयत्न गर्नु कुनै औचित्यतापूर्ण र बहादुरीको काम होइन। आङ कन्याएर छारो उडाउने काम बन्द गरौं। दुई देशबीचको आपसी सम्बन्धमा खेलबाड नगरौं।

हामीकहाँ पनि सिंहदरबारलगायतका क्षेत्रमा झन्डा बोकेर र्याली गर्न पाइँदैन। यो एरिया पनि त्यस्तै भएको हुँदा झन्डा लैजान नदिएको हो। अरू सबै छुट नै थियो।

अस्ट्रेलियामा भएको विपत्तिको जानकारी भएर नै कार्यक्रमको शुरूमै त्यहाँको आगलागीबाट दिवंगत भएकाहरूप्रति एक मिनेट मौनधारण गरिएको र अस्ट्रेलियामा भएको विपत्तिमा नेपाल साथ रहेको कुरा मन्त्रीबाट व्यक्त भएको थियो।

नेपाल भ्रमण वर्षको अभियान नेपालको राष्ट्रिय अभियान हो र यो अभियान यहाँ मात्र होइन संसारभरि चल्छ। संयोगले यो अहिले अस्ट्रेलियामा भैरहेको छ। विरोधी राष्ट्रघाती हुइयाँको पछि नलागौं।

– विकास अधिकारी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्