पहिलो लेगमा सिटीको जित



लन्डन, (एजेन्सी) ।

इंग्ल्याण्डमा जारी कारवाओ कपको सेमिफाइनलअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको पहिलो लेगमा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ।

म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई उसकै घरेलु मैदान ओल्ड ट्राफोर्र्डमा मंगलबार भएको खेलमा ३–१ ले पराजित गरेको हो। टोलीको जितमा बर्नाडो सिल्भा र रियाद महारेजले गोल गर्दा एक आत्मघाती गोल थियो। युनाइटेडका तर्फबाट मार्कस रास्फोर्डले एक गोल फर्काएका थिए।

खेलको १७औं मिनेटमा केल वाल्करको पासमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३३औं मिनेटमा सिल्भाकै पासमा रियाद महारेजले गोल गर्दै अग्रता दोब्बर पारे।

३९औं मिनेटमा आन्द्रेस पेरेराले आत्मघाती गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो। खेलको ७०औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिए। दोस्रो लेग सिटीको मैदानमा ३० जनवरीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्