नेक्सस कप यही पुसमा



काठमाडौं, (नेस)।

तेस्रो संस्करणको नेक्सस कप टी २० क्रिकेट प्रतियोगिता यही पुष २६ गतेदेखि माघ १० गतेसम्म हुने भएको छ। नेक्सस क्रिकेट एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको १६ वर्ष मुनिको उमेर समूहको सो प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउनेछन्।

मूलपानी मैदानमा संचालन हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्