तेस्रो विश्वयुद्धबारे नास्त्रेदमसको सान्दर्भिक भविग्यवाणी



साधना  – वर्ष ९ | अंक ११ |  पूर्णाङ्क ९४ | मंसिर २०५८


सन् २००१ सेम्टेम्बर ११ का दिन स्थानीय समयअनुसार बिहान ८:४५ बजे न्यूयोर्क सहरको गौरव विश्व व्यापार केन्द्र रहेका जुम्ल्याहा भवन मध्ये उत्तरी भवनमा एउटा यात्रुबाहक जेट विमान आएर ठोक्किंदै भित्र पस्यो । त्याहाँ ठुलो विस्फोटका साथ आगो दन्किन थाल्यो । त्यसको ठीक १८ मिनेटपछि अर्को यात्रुबाहक जेट विमान यसैगरि आएर दक्षिणी भवनभित्र पस्यो । हेर्दाहेर्दै त्यो भवन पनि आगो र धुवाँको मूस्लोभित्र हरायो । दुवै भवनलाई केही क्षणमै आगोले ध्वस्त पार्यो ।

प्हिलो जहाज ठेक्किएको ठीक ५८ मिनेटपछि संसारकै सबैभन्दा शक्तिशाली स्थान मानिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा अर्काे जे विमान ठोक्काएर त्यसलाई पनि ध्वस्त पारियो । यी सबै आक्रमणहरु कुनै शत्रु राष्ट्रद्वारा नभई आतंककारी समूहद्वारा गरिएका थिए र तयस आक्रमणकारी समूहभित्र अमेरिकी नागरिकता पाएका केही अरबीहरू पनि भएको अनुमान गरिएको छ । अमेरिकालाई कुनै विदेशी राष्ट्रसँग युद्ध गर्न त्यति गाह्रो नहुनसक्छ, तर जसको कुनै सेना र निश्चित ठेगाना छैन, त्यस्तो आतंकवादी समूहसँग कसरी युद्ध गर्ने ? यसले अमेरिकालाई अन्धो सिंह जस्तो बनाएको छ ।

अमेरिकामाथि गरिएको भीषण आतंकवादी आक्रमणपछि अमेरिकाले ठूलै युद्धको तयारी गरिरहेको छ । हाल अमेरिकाले गर्न लागेको युद्धलाई विश्वका कतिपय मानिसहरु निहट भविष्यमा हुने तेस्रो विश्वयुद्धका रुपमा हेरिरहेका छन् । के यी मानिसहरुले सोचेजस्तै अब हुन गइरहेको युद्ध तेस्रो विश्वयुद्ध नै हो त ?

यस सन्दर्भमा विश्वप्रशिद्ध भविष्यवक्ता नास्त्रेदमसले आजभन्दा लगभग साढे चार सय वर्षअघि गरेको भविष्यवायाी सान्दर्भिक देखिन्छ । उनले तेस्रो विश्वयुद्धबारे धेरै भविष्यवाणीहरु गरेका थिए । ती भविक्ष्यवाणीहरु अध्ययन गर्दा तेस्रो विश्वयुद्ध धार्मिक कारणबाट हुुने निष्कर्ष निक्लन्छ । हाल अमेरिकामा गरिएको आक्रमणलाई केही अरबीहरूले ‘जेहाद’ को नाम दिएका छन् । जेहादको अर्थ धार्मिक युद्ध हो । यसबाट के अर्थ निस्कन्छ भने धार्मिक युद्धले विश्वयुद्धको रुप लिन मात्र बाँकी छ । यसले विश्वयुद्धको रुप कहिले लिने हो ? यसबारे नास्त्रेदमसले गरेको भविक्ष्यवाणीको विश्लेषण सान्दर्भिक छ ।

तेस्रो विश्वयुद्ध शुरु हँदाको बेला ग्रहगोचरी अवस्थाको वर्णन गर्दै नास्त्रेदमसले लेखेका छन् – ‘वृहस्पति तथा शनि जब मेष राशिमा एकसाथ हुनेछन्, ठीक त्यसै बेलादेखि बर्बादी शुरु हुनेछ ।’ पश्चिमी ज्योतिष सिद्धान्तअनुसार सन् १९९९ मार्च १४ मा शनि र वृहस्पति दुवै ग्रह मेष राशीमा थिए । त्यसको ठीक ८ महिनापुर्व केन्याको नैरोवी र तान्जानियाको दाचर ए सलामस्थित अमेरिकी दुतावासहरुमा भीषण बम विस्फोटन गराइएको थियो । उक्त विस्फोटनमा २ सय २४ जा मारिएका थिए भने हजारौं घाइते भएका थिए । उक्त बमकाण्डाई पनि जेहादको नाम दिइएको थियो र त्यस बमकाण्डको जिम्मेवारी पनि ओसामा बिन लादेनको समूहले लिएको थियो ।

नास्त्रेदमसले भविक्ष्यावाणी गरेका कतिपय मितिहरु धेरथोर यताउता हुने गर्छन् र यो उनले जानीजानीकन गरेका थिए भनिन्छ । उनले दिएको उपरोक्त ग्रहगोचरीय योग तथा विगत दुई वर्षयता भएका घटनालाई केलाउँदा तेस्रो विश्वयुद्धको शुरुआत भएको संकेत मिल्छ । नास्त्रेदमसका अनुसार तेस्रो विश्वयुद्धमा पनि दोस्रो विश्वयुद्धमा झैं विश्वका प्रमुख राष्ट्रहरु दुई समूहमा विभाजित हुनेछन्. ।

इस्लामिक राष्ट्रहरु र चीन मिलेर एउटा संयुक्त आक्रमणकारी समूह बनाउनेछन् । यस समूहलाई ‘इस्टर्न–फोर्स’, ‘चीन–अरब फोर्स’, ‘चीन–मुस्लिम फोर्स’ आदि नाम दिइएको छ भने अर्काे समूहलाई ‘वेस्टर्न फोर्स’ ‘रुसी–अमेरिकी सेना’ आदि नाम दिइएको छ । नास्त्रेदमसका भभिष्यवाणीहरु क्रमिकरुपमा छैनन् । उनले गरेका भविस्यवाणीहरुलाई क्रमिकरुपमा बुझ्ने प्रयास गर्दा तेस्रो विशवयुद्धमा हुनसक्ने प्रमुख घटनाहरुको संक्षिप्त विवरण निम्नानुसार देखिन्छ :

तेस्रो विश्वयुद्धको म्रमुख कारण धर्म नै हुनेछ । चीा–मुस्लिमहरुको संयुक्त फैजले युरोपका धेरैजसो सहरहरुलाई ध्वस्त पार्नेछन् । ध्वस्त पार्ने क्रममा यिनीहरु एटम–बम, जैविकीय अस्त्र तथा हाइड्रोजन बमसमेत प्रयोग गर्न पछि पर्नेछैनन् । अन्तरिक्षबाट लेसर किरणद्वारा आक्रमण गरिनेछ । अन्तरिक्षबाट प्रयोथ गरिने लेसर किरणका बारेमा भनिएको छ –‘रोग फैलाउने गरंगहरुल आर्कटिक क्षेत्रतिरबाट आउने बदलासँगै धेरै टाढा जानेछन् र यही मौकामा धातुबाट बनेको र पखेटा भएको एउटा गोलाकार यान पृथ्वीदेखि २ सय ७० माइल माथि आकाशमा हुनेछ । त्यतिखेर अन्य देशहरुको कानुनतर्फ ध्यान दिइनेछैन ।’

यसैक्रममा पूर्वी सेनाको संयुक्त दटोलीले टर्की, ग्रीस, युगोस्लाभिया, फ्रन्स, इटाली, इंग्ल्यान्ड आदि प्रमुख युरोपेली राष्ट्रहरुमाथि अत्याधुनिक आणविक अस्त्रहरुद्वारा आक्रमण गर्नेछन् । उक्त आक्रमणबाट ब्रिटेनजस्तो शक्तिसम्पन्न राष्ट्र लाचार हुनेछ । प्रान्स एवं इटालीलाई तहस–नहस पारेपछि इटालीमा पूर्वी सेनाद्वारा सैनिक हेडक्वार्टर स्थापना गरिनेछ । पेरिस सहरलाई आणविक अस्त्रद्वारा मानवविहीन बनाइनेछ । त्यसपछि उक्त आक्रमणकारी फौजद्वारा स्वीट्जरल्यान्डलाई पराजित गरी बैंकमा रहेको सम्पूर्ण धन–सम्पत्ति हत्याइनेछ । यसखाले विनाशकारी युद्ध यसअघि कहिल्यै नलडिएको अपूर्व युद्ध हुनेछ ।

एकपटक पराजित भइसकेपछि पनि इंग्ल्यान्डबासीहरु पुनः संगठित भई युरोपलाई शत्रुको पञ्जाबाट फिर्ता गर्न प्रयासरत हुनेछन् र यसका लागि क्यानडामा योजना बन्नेछ । तत्पश्चात् सीमित आणविक अस्त्रहरुको प्रयोगबाट अंग्रेजहरुले केही सफलता पाउनेछन् । तर यसबाट चिनियाँ जनरल अत्यन्तै क्रेधित हुनेछन् र अझ विनाशकारी आणविक बमहरुको प्रयोग गर्नेछन् । परिणमस्वरुप सम्पूर्ण दक्षिण–पश्चिमी फ्रान्स जलेर खरानी हुनेछ र उक्त चिनियाँ जनरल पनि आफैंले छोडेको आणविक बमबाट मर्नेछ ।

चीन–अरब सेनाले विनाश गर्दै गरेको बेला युरोपमा विनाशकारी प्राकृतिक प्रकोपहरु देखा पर्नेछन् । भीषण बाढीले गर्दा फ्रान्स तथा इंग्ल्यान्डका त्रेरैजसो भागहरु तलाएमा परिणत हुनेछन् । एकपटक पराजित भइसकेपछि पनि चिनियाँ सेनाद्वारा फ्रान्स, इंग्ल्याँड, जमनी तथा अस्ट्रियामाथि पुनस् आक्रमण गरिनेछ । जर्मन सेनासँग भयंकर युद्ध हुनेछ र अन्तमा सम्पूर्ण जर्मन सैनिकहरु मारिनेछन् । त्यसपछि पूर्वी सेनाले हल्यान्ड तथा बेल्जियमलाई आफ्नो कब्जामा लिनेछ ।

यसरी युरोपमाथि पूर्ण विजय हासिल गरिसकेपछि निनियाँ – अरब संयुक्त सेनाद्वरा अमेरिकामा आणविक आक्रमण गरिनेछ । यस आक्रमणमा अमेरिकका धेरैजसो नगरहरु ध्वस्त पारिनेछन् । ४५ डिग्री अक्षंशमा पर्ने कुनै सहरमाथिको आकाश आगोको अपेटामा पर्नेछ । अनि त्यसपछि रुसी अमेरिकी संयुक्त सेनाद्वारा पूर्वी सेनाविरुद्ध किटाणु ग्यासको प्रयोग हुनेछ । यसको लगत्तै रुसमाथि पूर्व–पश्चिम र दक्षिण गरी तीनै दिशातिरबाट आक्रमण गरिनेछ । तर रुसी सेनाद्वरा सही मौकामा रासायनिक ग्यासको प्रयोग गरिनेछ । जसले गर्दा आक्रमणकारी फौज नराम्ररी परिजित हुनेछ । त्यसै बेला पूवी सेनाको संयुक्त टोलीले भारत, बर्मा, श्रीलंका, जापान लगायतका एसियाली राष्ट्रहरुमाथि आक्रमण शुरु गर्नेछन् । यस आक्रमणकार सेनको आक्रमण अमेरिकामा लगातार जारी रहनेछ र अमेरिकी सेनालाई पराजित गर्नै लागेको बेला त्यहाँ रुसी सेना पुग्नेछ अनि हुनेछ रात दिनसमम धमाधम युद्ध, जुन युद्धमा चीन–अरब सेनाका संयुक्त तोली नराम्ररी पराजीत हुनेछन् । यहीबाट शुरु हुनेछ पूर्वी सेनाको पराजयको सिलसिला ।

अनि बल्ल पश्चिमी संयुक्त सेनाद्वारा पूर्वी सेनाको कब्जामा पुगेका समपूर्ण राष्ट्रहरुलाई स्वतन्त्र गर्ने अभियान चालिनेछ । पोपलाई पुनः रोममा ल्याइनेछ । नष्ट गरिएका नगरहरुको पुनर्निर्माण शुरु हुनेछ । तर इजरायल यति नराम्ररी ध्वस्त हुनेछ कि त्यहाँ वर्षाैसम्म मानववस्ती बस्न सक्नेछैन ।

तेस्रो विश्वयुद्ध कतिखेर समाप्त हुनेछ भन्नेबारे ग्रह–गोचरीय विश्लेषण गर्दै नास्त्रेदमसले लेखेका छन्– ठीक त्यसै बेला भध्यपूर्वको सुल्तान आफ्नै मूख्यालयमा मारिनेछन्, सम्पूर्ण युरोप, रुस र अमेरिकाको कब्जामा हुनेछ, युरोपमा गोलाबारी, तोप एवं रकेटबाचट ध्वति निक्लन बन्द भइसकेको हुनेछ र अरब सेनाको अन्तिम सैनिकगणले विद्रोह गरी आफ्नो कमाण्डरलाई आत्मसमर्पण गनर्ए बाध्य पार्नेछ । त्यतिखेर मात्र तृतीय विश्वयुद्ध समाप्त हुनेछ । माथि भनिएभैँ शनि र मंगलको वृश्चिक राशिमा योग सन् २०१४ जुलाई २४ मा हुनेछ ।

नास्त्रेदमसले एउटा अर्को ज्योतिय निष्कर्ष दिँदै भनेका छन्– ‘शनि र मंगल सिंह राशिमा एकसाथ भएको बेला तेस्रो विश्वयुद्धको वास्तविक सुरुआत हुनेछ । ’ उक्त ग्रहस्थिति सत् २००६ जून ७का दिन बन्नेछ । अर्थात् शनि र मंगल तयस दिन सिंह राशिमा एकसाथ हुनेछन् ।

यदि तेस्रो विश्वयुद्ध एक्कइसौं शताब्दीमा भएमा नास्त्रेदमसले भनेजस्तो ग्रह–गोचरीय योगहरु माथि भनिएझैं वर्तमान सेरोफेरोमा मात्र देखापर्छन् । यस खाले योगहरु विशेषगरी शनि र वृहस्पतिको मेष राशिमा संयोग एक्काइसौं शताब्दीभरि पुनः नहुने देखिन्छ । पैसा र धर्मले अन्धो भएको समुदाय के आगामी १०० वर्षमा युद्ध नगरि चुप लागेर बस्न सक्ला ? विश्वास गर्न गाह्रो छ ।

उपरोक्त ग्रह–गोचरको विश्लेषणबाट के प्रस्ट हुन्छ भने तेस्रो विश्युद्धको प्रारम्भिक भूपिका शुरु भइसकेको छ । सन् २००६ को जून महिनाको आसपासमा साँच्चिकै युद्ध शुरु हुनेछ र सत् २०१४ जुलाईसम्म लगातार चलिरहनेछ । नास्बेदमसको भविक्ष्यवाणीअनुसार यदि उपरोक्तm अवधिभित्र युद्ध नभएमा एक्कइसौं शताब्दिभित्र विश्वयुद्ध हुनेछैन ।

नास्त्रेदमसले तेस्रो विश्वयुसद्धमा मुस्लिमहरुको प्रमुख भूमिका हुनेछ भनी आजभन्दा साढे चार सय वर्षपूर्व भनिसकेका थिए । साढे चार सय वर्षपूर्व इस्लाम आजझैं विश्वभरि फैलिसकेको थिएन र शायद अन्य धर्महरुको तुलनामा कमै फैलिएको थियो । कमजोर अवस्थामा रहेको इस्लाम धर्मलाई अनुमानकै भरमा भविष्यमा सबभन्दा शतिक्तशाली हुनेछ भनेर पक्कै पनि नभनिएको हुनुपर्छ । त्यसैले कालजयी भविष्यवक्ताले भनेको तेस्रो विश्वयुद्ध भविष्यको कुनै अवधिमा निश्चयननै हुनेछ तर कहिले हुनेछ, त्यसबारे किटानीसाथ भन्न भने सकिंदैन ।

चीन एवं मुस्लिमहरुकै कारणबाट विश्वयुद्ध हुनेछ भनेर नास्त्रेदमसले भनेका छन् । इस्लाम धर्मबारे केही चर्चा यहाँ प्रासंगिक हुन आउँछ । अहिले इस्लाम धर्मावलमबीहरु नभएको देश विश्वमा कहीं पनि छैन । इस्लामको विशेषता के हो भने योे चाहे भेनेजएलामा होस् अथवा घानामा, अमेरिकामा होस् अथवा रुसमा, यसको राष्ट्रियता इस्लाम नै हो ।

हालैका घटनाहरुलाई विश्लेषण गर्दा इस्लामले विश्वकै सर्वशक्तिमान राष्ट्र अमेरिकालाई ललकारेको छ, अमेरिकाको मुटुमा प्वाल पारेको छ । इस्लामले रयिालाई पनि छाडेको छैन । चेचेन्या युद्ध इस्लामकै पराक्रमको परिणाम हो । अर्काे शक्तिशाली राष्ट्र चीनलाई परि इस्लामले तर्साएको छ तर आक्रमण भने अझै गरेको छैन । भारतलाई वितल सात–आठ सय वर्षदेखि इस्लामले ढाक्दै आएको छ । अब निकट भविष्यमै यसले भारतलाई दुबोलेझैं ढाकेर निमिट्यान्नै पार्न बेर छैन । परिवार नियोजन नगर्ने धर्म भएकोले निश्चय नै आगामी सय वर्षभित्रैमा विश्वको आधाभन्दा धेरै जनसंख्या मुस्लिमहरुको हुनेछ । साँच्चिकै मुस्लिमहरु आगामी तीन सय वर्षसम्म युद्ध नगरी बसे मात्र पनि पूरै विश्व इस्लामहरुकै हुनेछ । यसको प्रमुख कारण के हो भने हालका वर्षहरुमा साठी प्रतिशत पश्चिमेली महिलाहरु गर्भवती नै हुन छाडेका छन् र यसरी गर्भवती नहुने फेशन विस्तारै पूरै शिन्वभरि फैलिदैछ । तर यस फेशनको प्रभाव मुस्लिम समाजमा भने अन्य धर्मावलम्बीहरुको जनसंख्या वृद्धिदर माइनसमा जानेछ र इस्लामहरुको प्लसमा । अन्ततोगत्वा इस्लामहरुको भीडभित्र रहेका अन्य अल्पसंख्यक धर्मावलम्बीहरु मुस्लिम बन्नेछन् । यदि मुस्लिम बन्न नमानेमा तिनीहरुको हविगत के हुनसक्छ, हामी सबैलाइै थाहा भएकै हुरा हो ।

नास्त्रेदमसले एक स्थानमा लेखेका छन्– ‘हेर मेरो आँखाबाट झर्दै गरेका आँसुहरु ! ईसाइहरुको सर्वनाश म देखिरहेछु ।’ नास्त्रेदमस समर्पित ईसाइ थिए र सम्पूर्ण ईसाइहरुलाई सखाप पार्दै गरेको दृश्य हेर्दा उनका आँखाबाट आँसु झरेका थिए । यहाँ दुईवटा अर्थ लाग्न सक्छन् । पहिलो अर्थ हुनसक्छ – होही ईसाइहरुको हत्याको दृश्यले आँखाबाट आँसु आएका थिए, दास्रो अर्थ सम्पूर्ण ईसाइहरुको विनाश देखेर आँसु आएको भए तेस्रो विश्वयुद्ध मुस्लिमहरुले जितेको भविष्यावाणी हुनेथियो । जबकि तेस्रो विश्वयुद्ध ईसाइहरुले जित्नेछन् भनी भविष्यवाणी गरिएको छ । भविष्यवाणी लेख्दै गर्दा नास्त्रेदमसका आँखाबाट झरेका आँसुले कतै उनले लेखेको तेस्रो विश्वयुद्धको अन्तिम परिणाममा फेरबदल त भएको छैन भन्ने शंका भने पक्कै पनि उब्जिन जान्छ ।

प्रस्तुति :- ज्यो. रामानन्द शर्मा
स्रोत  :- The complete prophecies of Michel Nostradamus
– नास्त्रेदमसकी सम्पूर्ण भविष्यवाणियां

नास्त्रेदमस को हुन् ?
नास्त्रेदमसको जन्म सन् १५३० डिसेम्बर १४ मा फ्रान्समा भएको थियो । उनी जन्मदा उनका बुबा आमा यहुदी थिए, तर सन् १५१२ मा नास्त्रेदमसको परिवार क्याथोलिक ईसाइमा परिवर्तन भयो । नास्त्रेदमसको पूरा नाम मिशेल द नास्त्रेदमस थियो । नस्त्रेदमसले मौंटेपेलिअर विश्वविद्यालयबाट चिकित्साशास्त्रमा डक्टरेट गरेका थिए र अध्ययनपछि त्यसै विश्वविद्यालयमा प्राध्यापको जागिर पाएका थिए । चिकित्सा क्षेत्रमा काम गर्न रुचि नभएकोले उनले प्राध्यापको जागिर परित्याग गरे ।

नास्त्रेदमसले जीबनमा दुईपटक विवाह गरे । पहिले विवाह सन् १५३४ मा र दोस्रो विवाह सन् १५४६ मा गरेका थिए । पहिली श्रीमतीको मृत्यु भएपछि दोश्रो विवाह गर्न उनी बाध्य भएका थिए ।

नास्त्रेदमसका बारेमा उनकै शिष्य जीन द शविग्नेद्धारा ‘ब्रिफ डिस्कोर्स अन द लाइफ अफ मिस्टर मिशेल द नोस्त्रेदम’ नामको किताबमा संक्षिप्त विवरण यसरी दिइएको छ ।

उनी मझौला कदका थिए । स्वस्थ, प्रसन्न चित्त तथा जाँगरिला एवम् क्रियाशील थिए । आँखीभौं गोलाकार तथा भरिपूर्ण थिए । नाक सीधा र चुच्चो परेको थियो भने खैरा रंगका उनका आँखामा कोमलता झल्कन्थ्यो तरा तिनै आँखामा कोमलता झल्कन्थ्यो तर तिनै आँखा रिसाएको बेला ज्वाला बन्दथे । उनी आकर्षक एवम् प्रभावशाली ब्यक्तित्वका धनी थिए । बूढो भएपछि पनि उनका गाला चाउरी परेका थिएनन्, पोटिला र पुष्ट थिए । पाँचै इन्द्रियहरु स्वस्थ थिए । उनको दिमाग युवावस्थाकै जस्तो थियो र त्यसलाई चाहेजति उनी उपयोग गर्दथे । उनले गरेका फैसलाहरु सही र सत्य हुन्थे र उनको स्परणशक्ति गजवको थियो । उनी धीर एवम् गम्भीर प्रकृतिका थिए । धेरै सोच्थे तर कम बोल्थे । आवश्यकतानुसार बहस गर्न पनि पछि पर्दैनथे । तैपनि उनको स्वभाव धेरै सोस्ने कम बोल्ने खालको थियो । उनी केवल चार घन्टामात्र सुत्थे र उनी नैतिक, चरित्रवान्, आस्थावान् एवम् संस्कारवान् थिए । साथै धर्म–अध्यात्मप्रति समर्पित थिए र अध्यात्मबिना मुक्तिको अर्को कुनै साधन छैन भन्ने कुरामा विश्वस्त थिए ।

नास्त्रेदमस रातभरि अध्ययन–लेखनमा व्यस्त हुन्थे र बिहानीपख सुत्दथे । उनी दिउँसो मात्र बाहिर निक्लन्थे । सन् १५५० मा चिकित्सा पेसालाई परित्याग गरेर त्यसपछिका वर्षहरुमा प्रत्येक वर्ष वार्षिक भविष्यवाणीहरु निकाल्न थालेका थिए । ती वार्षिक भविष्यवाणीहरु प्रसिद्धिको चरम सीमामा पुगेका थिए । सन् १५५४ तिर उनले भविष्यवाणीले मात्र भरिएका सेन्चुरीहरु (शतक) प्रकाशित गर्ने योजना बनाए । सय छन्दको कविताले युक्त अध्यायलाई सेन्चुरी भनिन्छ ।

सन् १५५५ सम्ममा नास्त्रेदमसले ‘प्रोफिसिज’ नामक पुस्तक लेखिसकेका थिए । त्यस पुस्तकमा पहिलो, दोस्रो तथा तेस्रो सेन्चुरीको प्रथम भागसमेत छपाउन लागिसकेका थिए भनिन्छ । यस भागमा चर्च, ईसाइ धर्म तथा पोपको प्रभुत्वप्रति असहनीय भविष्यबाणीहरु गरिएका थिए ।

पहिलो सेन्चुरीको पहिलो छन्दमा नै भविष्यवणी गर्ने तरिकाबारे व्यहोरा दिंदै नास्त्रेदमसले भनेका छन् – ‘रातको समयमा आप्mनो एकान्त अध्ययन कोठामा बसेर म पितलबाट बनेको ओदानमा राखिएको भाँडाको सहायताबाट भविष्य देख्छु । एकाएक एउटा पातलो आगोको ज्वाला देखाइदिन्छ र भविष्यमा के हुन्छ भन्ने कुरा मलाई थाहा भइहाल्छ’ ।

दोस्रो छन्दमा यस पद्धतिबारे अझ स्पष्ट पार्दै भन्छन्– ‘म आप्mनो चमत्कारी डण्डालाई ओदानका खुट्टाहरुको केन्द्रबिन्दुलाई ध्यान गरेर भाँडाभित्र राख्छु र अर्को भाँडाभित्रबाट पानी लिएर आफूले लगाएका खुट्टालाई पनि भिजाउँछु । ठीक त्यतिखेर मलाई आवाज सुनाइदिन थाल्दछ र मलाई सबै कुरा देखेको जस्तो भान हुन्छ । मानौ यस्तो हुन्छ कि भगवान् मेरै पासमा बसेर पो सबै नाटक गराउँदै हुनुहुन्छ ।’

नास्त्रेदमसले पछि गएर भविष्यवणी गर्न सिकाउने सम्पूर्ण साहित्यलाई नष्ट गरे । यो साहित्य कुनै दुष्टात्माको हातमा नपुगोस् भन्ने ध्येयले नष्ट गरेको तर्क नास्त्रेदमसले दिएका छन् ।

तत्कालीन फ्रान्सको राजघरानासँग कैथरिन महारानी । हेनरी दितीय भविष्यवाणीमा त्यति विश्वास राख्दैनथे । नास्त्रेदमसले उनलाई घोडसवारी नगर्न चेतावनी दिएका थिए, तर उनले मानेनन् । अन्ततोगत्वा उनको मृत्यु घोडसवारीको कारणबाटै भएको थियो । सन् १५५५ तिर नास्त्रेदमस फ्रान्सका शाही सल्लाहकार तथा चिकित्सक नियुक्त गरिए ।

उनको मृत्यु सन् १५६६ को जुलाई महिनामा भएको थियो । उनले आप्mनो शिष्य शविग्नेलाई अघिल्लो साँझ नै आफू अर्को दिन बिहान नहुँदै पार्थिव शरीर त्याग्ने जानकारी दिइसकेका थिए । नभन्दै अर्को दिन बिहान उनको मृत शरीर बेन्चमाथि पल्टिएको पाइयो । सन्त लारेंच चर्चको नजिकै रहेको कब्रिस्तानमा उनको लासलाई गाडियो । त्यातिखेर उनकी श्रीमती एन पोंसार्त गमैलेद्धारा नास्त्रेदमसको शव गाडिएको समाधिमा राखिएको शिलालेख उक्त कब्रिस्तानमा आज पनि देख्न पाइन्छ ।

उक्त शिलालेखमा लेखिएको छ – ‘यहाँ गाडिएको छ सर्वाधिक प्रतिभावान् मिशेल नास्त्रेदमसका पवित्र अस्थिहरु, सबै नाशवान्हरुमध्ये एकमात्र जसले आप्mनो दैवीय लेखनीद्धरा ग्रह–नक्षत्रहरुको चाललाई हेरेर भविष्यमा हुने सम्भावित परिवर्तनहरु तथा घटनाक्रमको हुलिया दिन सक्दाथ्यो। ६२ वर्ष ६ पहिना १७ दिन पुग्दा सन् १५६६ मा उनको मृत्यु भयो । यहाँ आउने महानुभावहरुले उहाँको चिरशान्ति भंग नगर्नुहोला । उहाँकी पत्नी एन पोंसार्त गमैले आप्mनो जीवनसाथीको चिरशान्तिको कामना गर्दछ ।’

नास्त्रेदमसले गरेका केही भविष्यवाणीहरु
‘बुलडग राजनीतिबाट लखेटिनेछ । ’ यो भविष्यवाणी ब्रिटिश प्रधानमन्त्री विस्टन चर्चिलसँग मिल्छ । उनलाई सन् १९३९ मा प्रधानमन्त्रीको पदबाट हटाउँदा बुलडगको कार्टुन बनाएर ब्रिटिश प्रेसले छापेको थियो ।
‘युरोपको धेरै भित्र पश्चिममा गरिब परिवारमा एउटा बच्चा जन्मनेछ, जसले आफ्नो सम्मोहन बोलीद्वारा धेरैलाई आफ्नो पक्षमा पार्नेछ । उसको ख्याति पूर्वी साम्राज्यमा समेत हुनेछ । ’

यो हिटलरबारे गरिएको भविष्यवाणी हो । हिटलर गरिब परिवारमा जन्मेका थिए । उनको भाषणमा जादुयुक्त सम्मोहन थियो र भाषणद्वारा जर्मनहरुलाई आफ्नो पक्षमा पार्न सफल भएका थिए । तत्कालीन पूर्वी साम्राज्य जापानमा उनको ठूलो प्रतिष्ठा थियो ।

‘मामुली परिवारको बदमास केटो इटालीको भाग्यविधाता बन्नेछ तर उसको अन्त्य धेरै नराम्रो हुनेछ । ’ यो भविष्यवाणी बेनिटो मुसोलिनीसँग मिलेको थियो । मुसोलिनी बदमास प्रवृत्तिको व्यक्ति थियो । इटालीको सर्वेसर्वा पनि बन्यो र सन् १९४५ अप्रिल २८ मा उसलाई उँधो मुन्टो लगाएर गोली हानी हत्या गरिएको थियो ।

‘निष्कासित महिलाले पुनः सत्ता पाउनेछिन् । पहिलेको तुलनामा प्रबल बहुमतसाथ उसको आगमन हुनेछ र उनको शासन प्रबल हुनेछ । तर उनका दुस्मनहरु षड्यन्त्रकारीहरुसँग मिल्नेछन् र तीन कम सत्तरी वर्षमा उसको मृत्यु निश्चित छ ।’

यो स्व. इन्दिरा गान्धीसँग मिलेको भविष्यवाणी हो । वास्तवमा श्रीमती गान्धी सन् ७७ को चुनावमा पराजित भएपछि अढाइ वर्षसम्म प्रधानमन्त्री पदबाट च्यूत भएकी थिइन् । सन्र ८० को चुनावमा प्रबल बहुमतका साथ उनी पुनः प्रधानमन्त्री बन्न पुगेकी थिइन् । उनको मृत्यु पनि तीन कम सत्तरी अर्थात् ६७ वर्षमा षड्यन्त्रकारीहरुद्वारा नै गोली हाने भएको थियो ।

‘पाइलटलाई प्रधानमन्त्री बनाइनेछ । उसले सात वर्षसम्म शासन गर्नेछ र अन्त्यमा एउटी काली महिलाद्वारा मारिनेछ । ’ राजीव गान्धी वास्तवमा पाइलटबाट प्रधानमन्त्री बनाइएका थिए र प्रधानमन्त्री बनेको सात वर्षपछि एलटीटीईको षड्यन्त्रमा काली महिलाद्वारा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्