सिड्नीमा जात्रा



कहीं नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै नेपालीले जहाँ गएएपनि जात्रा देखाउन छोड्न सकेनन्। प्रसंग हो नेपाल भ्रमण वर्ष २०२०को अन्तर्राष्ट्रिय उद्घाटनको क्रममा अष्ट्रेलियाको सिड्नीमा घटेको घटनालाई लिन सकिन्छ।

सरकारको प्रतिनिधित्व गर्दै गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागी सो कार्यक्रममा अष्ट्रेलियाका सुरक्षाकर्मीले रोक्नुपर्ने अवस्था सिर्जना भएपछि अष्ट्रेलियामा नेपालीको ‘जात्रा’ देखिएको हो।

एउटा सरकारले अर्को देशमा गएर कार्यक्रम आयोजना गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डहरू पूरा गर्न नसक्दा वा अष्ट्रेलियास्थित नेपाली दूतावासले लापरवाही गर्दा सिड्नीमा जम्मा भएका हजारौं नेपाली लज्जीत र अपमानीत भएका छन् भने भ्रमण वर्ष २०२०को सफलतामाथि पनि प्रश्न उठेको छ।

अन्तर्राष्ट्रिय रूपमा हुने यस्ता कार्यक्रम आयोजना गर्नुपूर्व त्यहाँको कानूनको बारेमा जानकारी लिन नसक्ने नेपाली दूतावासले भोलिका दिनमा त्यहाँ रहेका आफ्ना नागरिकलाई कसरी त्यो देशको कानूनको बारेमा सुसूचित गराउँछ भन्ने प्रश्न खडा गराउँछ।

त्यसो त सत्ता र शक्तिमा पुग्न छेपारोले जस्तै रङ फेर्दै दल परिवर्तन गरेका अष्ट्रेलियास्थित नेपाली राजदूत महेश दाहालको कूटनीतिक दिवालीयापन पनि छरपष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस्