प्रिन्स १४औं स्थानमा



नेपाल समाचारपत्र, काठमाडौं।

नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियताअन्तर्गत १४औं स्थान हासिल गरेका छन्। विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले सोमबार राति जारी गरेको वरियतामा प्रिन्सले १८ स्थानको सुधार गरेका हुन्।

यसअघि उनी ३२औं स्थानमा थिए। जुनियर वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा रहेका छन्। चीनका लिउ लियाङ दोस्रो तथा भारतका मेइरावा र भरुण कपुर तेस्रो र चौथो स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्