सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प



नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङस्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म विन्टर फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुहुनेछ। सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउनेछन्।

त्यसैगरी एसडीटी डायग्नोसिसमा ५० प्रतिशत पाउनेछन्। साथै यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउनुहुनेछ।

सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।

प्रतिक्रिया दिनुहोस्