जर्मन छात्र निस्कासित



नयाँदिल्ली, (एजेन्सी)।

भारतमा नागरिक सशोधन कानुनलाई लिएर भइरहेको विरोध प्रदर्शनमा सहभागी भएका एक जर्मन छात्रलाई देश छोड्न लगाइएको छ। आईआईटी मद्रासमा एकेडमिक एक्सचेन्ज प्रोग्राम पुरा हुनु अगाडी ती छात्रलाई भारत छोड्न भनिएको तर उनलाई यस सम्बन्धमा कुने लिखित आधिकारिक आदेश भने दिइएको थिएन।

चेन्नइमा एक अध्यागमन अधिकारीले उनलाई भारत छोड्न भनेका थिए। डिसेम्बर १६ मा चेन्नइमा भएको सीएए विरोध प्रदर्शनमा ज्याकोब लिन्डनथल सहभागी भएको र उनको तस्वीर तथा विडियो भारतिय सन्चार माध्यमबाट प्रसारण भएको थियो।

प्रतिक्रिया दिनुहोस्