जारिफलाई भिसा दिन अस्विकार



वासिङटन, (एजेन्सी)।

अमेरिकाले न्युयोर्कमा विहिबार हुन गइरहेको संयुक्त राष्ट सुरक्षा परिषदको बैठकका लागि इरानी विदेशमन्त्री मोहम्मद जावाद जारिफलाई भिसा दिन अस्विकार गरेको एक अमेरिकी अधिकारीले जानकारी दिएको छ।

सन् १९४७ मा राष्ट्रसंघ मुख्यालय सम्झोता अनुसार अमेरिकाले राष्ट्र संघमा कुने पनि विदेशी कुटनितिज्ञलाई आउन रोक्न पाउँदैन। तर वासिङटनले सुरक्षा, आतंकवाद र विदेश नितिका कारण भिसा अस्विकार गर्न सकिने जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले यस घटनामा तत्काल टिप्पणी गर्न अस्विकार गरेको छ। इरानले यी कुराहरु सन्चार माध्यमबाट मात्र थाहा पाएको बताए।

 

 

प्रतिक्रिया दिनुहोस्