गोल्डेन ग्लोब अवार्ड जोकिन र रेनीलाई



२०२० को शुरूआतसँगै हलिउडमा अवार्डको मौसम पनि शुरू भएको छ। हलिउडको प्रतिष्ठित अवार्डमध्येको एक गोल्डेन ग्लोब अवार्ड सोमबार अमेरिकाको लस एन्जलस शहरमा सम्पन्न भएको छ।

ओस्कार एकेडेमी अवार्डपछिको दोस्रो प्रतिष्ठित अवार्डका रूपमा लिइने यस अवार्ड समारोहमा अभिनेता टम ह्याक्सलाई मनोरञ्जन क्षेत्रमा दिएको योगदानका लागि सम्मानस्वरूप सेसिल बि डेमिल अवार्डबाट पुरस्कृत गरियो।

वर्षको मोसन पिक्चर ड्रामाको अवार्ड फिल्म १९१७ ले जितेको छ भने यही फिल्मका लागि निर्देशकको अवार्ड साम मेन्डेसले जितेका छन्। अभिनेताको अवार्ड फिल्म जोकरबाट जोकिन फिनिक्स र अभिनेत्रीको अवार्ड फिल्म जुडीबाट रेनी जेल्वेगरले जितेकी छिन्।

त्यसै गरी मोसन पिक्चरअन्तर्गत सहअभिनेताको अवार्ड पेट्रीसिया एर्केटले, सहअभिनेत्रीको अवार्ड म्यारिज स्टोरीबाट लाउरा डेर्नले, बेस्ट ओरिजिनल स्कोरको अवार्ड जोकरबाट हिल्डुर गुवना दोतिरले जितेकी छिन्। बेस्ट मोसन पिक्चर (एनिमेटेड)तर्फ मिसिङ लिंकले जितेको छ।

सर्वोत्कृष्ट ओरिजिनल सङ अवार्ड रकेट म्यानको अवार्ड आइ एम गोन्ना लभ मी अगेनले जितेको छ।त्यसै गरी बेस्ट मोसन पिक्चर (म्युजिकल र कमेडी)तर्फ वन्स अपन अ टाइम इन हलिउड सर्वोत्कृष्ट सावित भएको छ भने यही फिल्मबाट ब्राड पिटले सर्वोत्कृष्ट सहअभिनेता र क्वेन्टिन टारन्टिनोले पटकथाको अवार्ड जितेका छन्

। अभिनेतातर्फको अवार्ड रकेट म्यानबाट टेरोन इगर्टनले, अभिनेत्रीको अवार्ड द फेयरवेलबाट अक्वाफिनाले चुमिन्। टेलिभिजन सिरिज (ड्रामा)को अवार्ड सक्सेसनले जित्दा यही सिरिजबाट उत्कृष्ट अभिनेताकोे अवार्ड ब्रायन कोक्सले जिते भने अभिनेत्रीको अवार्ड द क्राउनबाट ओलिभिया कोलम्यानले जितेकी छिन्।

टेलिभिजन सिरिज (म्युजिकल/कमेडी)तर्फ उत्कृष्ट अभिनेताको अवार्ड रामी युस्सेफ र अभिनेत्रीकोे अवार्ड फोबे वालरले जितिन्।
टेलिभिजन लिमिटेड सिरिज मोसन फिल्मको अवार्ड चेनोबिलले जित्दा यसैबाट सहअभिनेताको अवार्ड स्टेलन स्कार्सगार्डले जितेका छन्।

उत्कृष्ट अभिनेताको अवार्ड रसेल क्रोले द लाउडेस्ट भ्वाइसबाट जिते भने अभिनेत्रीको अवार्ड मिसेल विलियम्सले जितिन्। विदेशी भाषाको उत्कृष्ट मोसन पिक्चर अवार्ड साउथ कोरियन फिल्म प्यारासाइटले जितेको छ।

प्रतिक्रिया दिनुहोस्