अनि फाप्दैन दुई



जाडो भगाउने अचुक उपायको खोजी कसैले गर्यो भने तत्काल जवाफ आउँछ–रुई, फुई र दुई जोड्नै पर्छ।’ रुई (सिरक), फुई (आगो) र दुई अर्थात् दम्पत्ति।

कंक्रिटको सहरमा आगो ताप्न कहाँ पाउनु, दुर्लभ भइसक्यो। रुई र दुईको भने खाँचो छैन। मन गरेमा, मन लगाएमा, मन मिलेमा रुई र दुई जोड्न समस्या हुन्न।

जाडो होस या गर्मी दुईको चर्चा सेलाउँदैन। समाजले स्वीकारेको र अनुमति दिएको दुई हुँदाहुँदै अन्यत्र पनि दुई जोड्न र दुई बन्न मरिहत्ते गर्नेहरूको कमी छैन। यहि लाइनमा जोडिएका महरा ‘दुई प्लस दुई’मा पुग्या थिए तर के गर्नु उनलाई फापेन।

यो जाडोमा विचरा एक्लै छन्। डिल्लीबजारको प्रहरी खोरमा दुई कसरी मिलोस् अनि खोरको अध्यारो छिँडीमा कसरी छाओस ‘रोशनी’ ?
महराका गुरु भनेर चिनिएका सुनसरीतिरका सिद्धबाबालाई पनि यो सालको जाडोमा दुई फापेन।

अस्ती गर्मीमै दुई जोड्या अघोरी बाबालाई पनि यो माम्लामा साढेसातीले घेर्या छ भन्ने कुरो एक कान दुई कान मैदान भा’थ्यो, अहिले यो मध्य जाडोमा चाहिँ अवस्था के छ कुन्नी ? उनीसहित अन्य चर्चित पात्रका कथा पाठकवृन्दलाई थाहा छ कि ?

र अन्त्यमा धरहरा यो निस्कर्षमा पुग्या छ–छक्का पञ्जावाला दुईले धेरैलाई कठ्याङग्रिदो जाडोमा खुई..खुई..बनाउँछ बनाउँछ।

प्रतिक्रिया दिनुहोस्