शेयर बजारमा दोहोरो अंकको वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं।

सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १८ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १८ दशमलव २६ अंकले बढेर एक हजार २०० दशमलव ६९ विन्दुमा पुगेको छ।

लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघेको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ९३ अंकले बढेर २६० दशमलव ६७ पुगेको छ।

यसदिन कुल १ यस ७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर ८४ करोड २५ लाख ८२ हजार १ सय ५० रुपियाँमा खरिदबिक्री भएको छ।

कारोबार भएको कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ। व्यापार १२ दशमलव २६ अंकले घट्दा बैंकिङ २५ दशमलव ८६, होटल २ दशमलव ९८, विकास बैंक १३ दशमलव १७ अंकले बढेको छ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको शेयर आठ करोड ४६ लाख पाँच हजार २सय १५ रुपियाँमा खरिदबिक्री भएको छ यस दिन वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९ दशमलव ९३ प्रतिशतले कमाएका छन्। परिसूचक बढे पनि नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्