सिप्रदीयन सहायता संस्थाद्वारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा



सिप्रदी ट्रेडिङ प्रा. लि.को सामाजिक उत्तरदायित्व विङ – सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामग्रीहरू वितरण गरेको छ।

नारायणघाटको रत्ननगर स्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई ज्याकेट, टोपी तथा जुत्ताहरू वितरण गरिएको थियो।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू रजत श्रेष्ठ तथा श्री विमल गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा शिक्षकहरू सो वितरण समारोहमा उपस्थित हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्