धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना



नेपाल समाचारपत्र, काठमाडौं।

पूँजी बजारको नियाकम निकाय धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्षमा ढुंगानालाई नियुक्त गरेको स्रोतले बताएको छ।

उहाँ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही महिना अघिमात्रै अवकाश पाउनुभएको व्यक्ति हो। बोर्डको अध्यक्ष बन्न ८ जनाले आवेदन दिएका थिए। ८ जनामध्ये सरकारले गठन गरेको छनोट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले बोर्ड अध्यक्षका लागि ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्