अभिभावक महासंघ गठन



गुल्मी, (नेस)।

गुल्मीमा अभिभावक महासंघ गठन भएको छ। तम्घासमा भएको जिल्ला भरिका अभिभावकको प्रथम भेलाले कृष्णराज ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो।

महासंघको उपाध्यक्ष धनेन्द्र शर्मा, महिला उपाध्यक्ष शान्ता पाण्डे, सचिव सञ्जीवनि अर्याल, मिना गौतम, कोषाध्यक्ष भगवती श्रीस चयन, सह–सचिव शन्तराम पोखरेल चयन हुनुभएको छ।

‘सम्पूर्ण अभिभावकको एकता, जीवन उपयोगी शिक्षा आजको आवश्यकता’ भन्ने मुख्य नाराका कार्यक्रम गरिएको थियो। भेलालाई सम्बोधन गर्दै रेसुङा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले अभिभावकको गठनले गुणस्तरीय शिक्षा प्रदान गर्न खबदारी गर्नु पर्ने बताउनुभयो।

उहाँले शिक्षा व्यपारिकण हुन नसक्ने बताउनुभयो। भेलामाअभिभावक महासंघ प्रदेश ५ का अधयक्ष र छिमेकी जिल्लाहरका अध्यक्षहरूको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्