विद्यार्थीलाई कपडा वितरण



गुल्मी, (नेस)।

डिभाइन युथ क्लबले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। रेसुङगा नगरपालिका–४ को जनहित प्राविमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा विरतण गरिएको हो।

विद्यालयमा पढ्ने २१ जना असाहय र अशक्त विद्यार्थीलाई सुइटर र टोपी वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार मरासिनीले बताउनुभयो। कपडा अध्यक्ष मरासिनीले वितरण गर्नुभएको थियो।

कपडा वितरण गर्दै अध्यक्ष मरासिनीले स–साना विद्यार्थीका लागि चिसो बढी रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवादसमेत दिनुभयो। उहाँले विद्यार्थीका लागि गरिएको सामाजिक कार्यले समाजमा राज्यबाट भन्दा निजी क्षेत्रबाट पनि केही गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनुभयो।

डिभाइन युथ क्लबका पदाधिकारीले आफूले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष घिमिरको भनाई छ। क्लबले गतवर्ष तिहारमा देउसीभैलो खेलेर विभिन्न सामाजिक कार्य गरेको थियो।

असाय अशक्त विद्यार्थीलाई सहयोग गरेर विद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा वितरण गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो। गुल्मीमा डिभाइन युथ क्लबले जिल्लामा विभिन्न समयमा सामाजिक कार्य अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ।

क्लबले तम्घासको उपल्लो तम्घासमा रहेको फरक क्षमताका विद्यार्थीले पढ्ने विद्यार्थीलाई कपडा वितरण, सिमीचौर, दुबीचौर, दरबारदेवीस्थानमा रहेको विद्यालयमा पुगेर असाय अशक्त विद्यार्थी शैक्षिक सामाग्री वितरण गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्