लभ डायरिजको छमछम सार्वजनिक



आगामी फागुन २ प्रेम दिवसका लागि रिलिज डेट तोकिएको फिल्म लभ डायरिजको गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच लभ डायरिजको छमछम बोलको गीत सार्वजनिक गरिएको हो।

संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा स्वर दुर्गा खरेल, सुरेश लामा र कमल घिमिरेको रहेको छ। सौरभ चौधरीको निर्देशनमा बनेको फिल्ममा कोरियोग्राफी प्रवीन सिंहको रहेको छ भने गीतमा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वोजित रिमाल, टिकटक भाइरल जोडी प्रिष्मा र प्रिन्सी खतिवडालाई देख्न सकिन्छ।

गीतमा सानी लोक दोहोरी गायिका कमला घिमिरेलाई समेत समेटिएको छ। प्रेमकथामा आधारित फिल्म लभ डायरिज विनोद सापकोटाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्