महिन्द्रा ‘एक्सयूभी–३००’ चितवनमा



नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरूको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ चितवनमा सार्वजनिक गरेको छ। कम्पनीले गण्डकी प्रदेश र बुटवलपश्चात अब चितवनमा पनि बिक्री वितरण शुरू गरेको हो।

भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा निकै रुचाइएको ‘एक्सयूभी–३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्यक गाल्कर र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो।

यसमा आकर्षक सनरुफ, एलईडी डेटाइम रनिङ–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता छन्।यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अप्सनल) गरी चारवटा भेरियन्टमा उपलब्ध छ।

यस गाडीको मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि रु ३९ लाख ७५ हजार र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६ लाख ५० हजार रुपियाँ तोकिएको छ।यस्तै गरी डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार, डब्लु ६वर्गका लागि ४५ लाख, डब्लु ८वर्गका लागि ५१ लाख ५० हजार र डब्लु ८ (अप्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपियाँ तोकिएको छ।

यो एसयूभीमा एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ। एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ।

सातवटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता विशेषता यस गाडीमा दिइएको छ। यस एसयूभीमा १ दशमलव २ लिटर टर्बो पेट्रोल र १ दशमलव ५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ।

प्रतिक्रिया दिनुहोस्