दुई जना पक्राउ



वीरगन्ज, (नेस)।

पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणी मुद्दाका फरार दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–८ का ५० वर्षीय दरौगा मिया धुनिया र छिपहरमाई गाउँपालिका ५ का ४५ वर्षीय दिनेशप्रसाद साह कानु रहेका छन्।

धुनियालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साले २०७६ जेष्ठ १४ गते १० वर्ष कैद सजाय सुनाएको थियो भने कानुलाई ०७२ साल माघ १८ गते जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना १५ दिन कैद सजाय सुनाएको थियो। गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुवै जनालाई शनिबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आइतबार जिल्ला अदालत पर्सामा पठाइएको प्रहरीले जनाएको छ।

यसैबीच वीरगन्जबाट प्रहरीले नक्कली भारतीय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–८ बसपार्कस्थित होटल साह प्याराडाइजबाट वीरगन्ज–१६ नगवा बस्ने २९ वर्षीय रियाज देवान पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शनिबार राति उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपियाँ बरामद गरेको हो। पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्