अहिले परिपक्व सन्तोष बनेको छु : साहुखल



सन्तोष साहुखलले नेपाली फुटबलमा योगदान दिनुभएको १६ वर्ष बितिसकेको छ। विसं २०६० देखि ए डिभिजन लिग खेल्न शुरू गर्नुभएका ३१ वर्षीय सन्तोषले लिगमा ९९ गोल गरिसक्नुभएको छ। संकटाविरुद्ध डेब्यु लिग खेलमै उहाँले गोल गर्नुभएको थियो। उहाँले अहिले जापानमा जे एट लिगमा खेल्नुका साथै कोचिङ पनि गरिरहनभएको। शुरूमा ललितपुरका थ्री स्टार क्लबबाट खेल्नुभएका उहाँ हाल ललितपुरकै च्यासल युवा क्लबबाट खेल्नुहुन्छ। एक सयौं लिग गोल गरेर पहिलो नेपाली खेलाडी बन्न उहाँ निकट हुनुहुन्छ। उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप :

तपाईँको लिगमा १ सयौं गोल पुग्न लागेको छ। तपाईँले सो गोल भएपछि कस्तो खुशीयाली मनाउन तयारीमा हुनुहुन्छ ?

यसरी खुशीयाली मनाउने भनेर खासै मेरो कुनै योजना छैन। म सामान्य किसिमले नै मनाउँछु होला। मेरो अहिलेको लक्ष्य भनेको लिगमा १५/१६ गोल गर्नु र जति सक्दो बढी गोल गर्नु हो। मैले १ सय गोल गर्ने भनेर कुनै लक्ष्य राखेको छैन।

८० प्रतिशतभन्दा धेरै महिला गर्भवती जताँच गराउन स्वास्थ्य संस्था पुग्ने गरेका छन्। तर स्वास्थ्य संस्थाले परिवार नियोजनसम्बन्धी कार्यक्रमका बारेमा ती महिलालाई सचेत गराउँदैन। यदि त्यतिबेला नै परामर्श दिने हो भने परिवार नियोजनको अस्थायी, स्थायी साधनको प्रयोगका बारेमा बच्चा जन्माउने समयमानै महिला स्वयंले निर्णय गर्ने थिए।

तपाईँले लिगमा ९९ गोल गर्नुभयो तर राष्ट्रिय टिममा त्यति गोल भएन किन ?

मैले विभिन्न क्लबबाट खेलेँ। सबैभन्दा बढी मैले थ्रीस्टारबाट बढी खेलेको थिएँ। त्यहाँको माहौल नै परिवार जस्तो थियो। अहिले पनि यथावत छ। त्यसैले पनि मैले सो क्लबका लागि ७१ गोल गर्न सकेँ। मलाई लाग्छ मेरो खेल्ने आफ्नै शैली छ।

कोचले जो कुद्न सक्छन्, जो खट्न सक्छन् ती खेलाडीलाई प्राथमिकता दिने गर्छन्। त्यसैले राष्ट्रिय टिमबाट दवावमा खेल्नु पर्ने हुन्छ। त्यहाँ मैले सोचेजस्तो खेल्न पाउँदैन।

त्यसैले होला मैले कम गोल गरेँ। तर क्लबबाट खेल्दा म स्वतन्त्र रूपमा आफ्नो हिसाबले खेलिरहेको हुन्छु। त्यस्तै सजिलो भएकोले मैले लिगमा धेरै गोल गरेको जस्तो लाग्छ।

जापानमा पनि तपाईँले गोल गरिरहनु भएको छ। त्यहाँको अनुभव कस्तो रह्यो ?

जापानमा मैले अहिलेसम्म दुई सिजन खेँले, जसमा मलाई छुट्टै अनुभव भयो। मैले त्यहाँबाट धेरै कुरा सिके। म जापानमा ६ वर्ष बसेँ। अहिले म लिगको लागि नेपाल आएको हुँ।

जापानको जे एट (८) लिगको पहिलो सिजनमा मैले धेरै गोल गरेर उच्च गोलकर्ता भएको थिएँ। दोस्रो सिजनमा पनि मैले राम्रो खेँलेँ। दुबै सिजनमा मेरो टोली उपाधि विजेता भएको थियो।

नेपाल र जापान लिगमा फरक के देख्नुभएको छ ?

नेपालमा भन्नै हो भने नियमितता भएन। कहिले लिग हुन्छ भन्ने नै ठेगान हुँदैन। खेलाडीले कसरी तयारी गर्ने, कसरी प्रशिक्षण लिने भन्ने नै हुँदैन।

लिग शुरू हुन अगाडि नेपालमा तयारी शुरू हुन्छ। जापानमा खानेदेखि लिएर नै तयारी गरिएको हुन्छ। यस्तो कुरामा नेपाली खेलाडीले पनि सिक्नु पर्छ।

तपाईँको १६ वर्षे यात्रामा केही स्मरणीय क्षण छ कि ?

त्यति सम्झन त सकेको छैन। दुई स्मरणयि क्षण त अ हिले दिमागमा छ। एउटा ब्रिटिस गोरखा कपमा मैले जाँच दिएर खेल्न आएको थिएँ, जसमा थ्रीस्टार १–० ले पछि थियो।

त्यसमा मैले विजयी गोल गरेको थिए। यो खेलमा थ्रीस्टारलाई २–१ ले जिताएको थिएँ। अर्को लिगमा कुरा गर्दा हिमालयन शेर्पाविरुद्धको खेल थियो। खेल सकिन समयमा मैले गोल गरेपछि ३–२ ले थ्रीस्टार जितेको थियो।

तपाईं फुटबलमा कसरी लाग्नुभयो ?

म शायद ९ वर्षको थिएँ होला। दाईले फुटबल ल्याउनुहुन्थ्यो र हामी दुबै दाजुभाइ फुटबल खेल्न बाहिर निस्कने गर्थेँ। त्यहीबाट मलाई फुटबलमा लगाव भयो।

डैडीले पनि हामीलाई सानैमा फुटबल हेराउन लानु हुन्थ्यो। त्यसबाट पनि मलाई सानैदेखि फुटबलमा चासो बढ्न थालेको थियो। त्यतिबेला दशरथ रंगशालाको मैदानमा खेल्छु भन्ने विचार आउँथ्यो। एकदिन म यहाँ खेल्छु भनेर मनमा हुन्थ्यो।

रंगशालामा खेल्न पाउँदा कस्तो महसुस भयो त ?

जे होस खेल्न पाइयो रंगशालामा भन्ने महसुस भयो। जुन सोचेको कुरा थियो, त्यो पुरा भयो। अझ राष्ट्रिय जर्सी लगाउँदा म पनि राष्ट्रिय खेलाडी भए छु भनेर गर्वित भएँ। राष्ट्रिय खेलाडी हुन्छु भनेर सोचेको चाहिँ थिएन। तर भएछु। जे होस खुशी भएँ।

नयाँ पुस्तालाई तपाईँ के भन्नुहुन्छ ?

नयाँ पुस्ताका लागि भन्नुपर्दा पहिलो त कडा मेहनत गर्नुपर्ने हुन्छ। तर करियर बनाउन भने आफुमै भर पर्ने हो। कहाँसम्म जाने हो ? के गर्दा कस्तो नतिजा निस्कन्छ ? भन्ने बुझेर गरेमा राम्रै हुन्छ।

कति खेल्ने, कसरी प्रशिक्षण लिने, कसरी फिट हुने, कसरी अनुसासित हुने भन्नेमा पहिले जोड दिनुपर्छ। सकेसम्म आफुले बुझेर गर्नु पर्छ। हुन त नेपालमा टेक्निकली र फिजिकली कोचहरू पनि छैनन्।

तापनि यूट्युबमा हेरेर व्यवसायिक खेलाडीले कसरी फिट आफुलाई राखेका छन्, के खाइरहेका छन् ? कसरी अभ्यास गरिरहेका छन् ? त्यस्ता भिडियो हेरेर पनि नयाँ पुस्ताका खेलाडीले आफुलाई सक्षम खेलाडी बनाउन सकिन्छ। यसले अहिलेको भन्दा पनि राम्रो प्रदर्शन गर्न पनि सकिनेछ।

नयाँ पुस्ताका खेलाडी बारे केही भन्नुहुन्छ कि ?

खेलाडीमा त त्यस्तो देखिएको छैन। गोलकिपरमा एलेनले चाहिँ केही गर्ला जस्तो लाग्छ। उसको मेहनत, उसको गोलकिपिङ गर्ने शैली, उचाइँ र शारीरिकरूपलाई हेर्दा मलाई उनले केही गर्ला जस्तो लागेको हो।

तपाईँले जस्तै अरू नेपाली खेलाडीले जापानमा खेल्न सक्ने सम्भावना कति छ ?

सम्भावना छ, यसमा कुनै शंका छैन। हामीले सम्भावना भएका नेपाली खेलाडीकै लागि अभियान चलाइरहेका छौ। क्षमतावान खेलाडीलाई विदेशमा प्रशिक्षण दिलाउन वा खेलाउन सकिन्छ।

नेपाली खेलाडीले यसमा प्रयत्न गर्नु पर्यो। मलाई लागेको नेपाली खेलाडीमा प्रायजसो बाहिर खेल्न चाहदैनन्। हामीले चाहिँ मौका दिने सकिन्छ। हामी सँधै नै नेपाली खेलाडी अझ माथि उठेको हेर्न चाहन्छु। मैले गोलकिपर किरण चेम्जोङलाई जापानमा ट्रायल गराएँ।

आफुलाई मूल्यांकन गर्दा जापान जानु अगाडि र जापानमा बसिसकेपछिको सन्तोषमा के फरक पाउनु भयो ?

धेरै फरक भएको छु। म पहिले भन्दा अहिले धेरै फास्ट भएको छु। फिट धेरै भएको छु। जापानमा बसेपछि परिपक्व सन्तोष बनेको छुँ। जे होस जापान गएर धेरै कुराहरू सिकेँ।

पहिला त्यति थाहा थिएन अनुसासित र मानसिकरूपमा तयार हुने भनेर। अझ कम उमेरमा यस्ता कुरा सिक्न पाएको भएँ अझ राम्रो फुटबल खेल्छुँ होला।

आजकल लिगबाट दर्शक किन टाढिएका होला ?

मेरो विचारमा लिग कहिले हुन्छ भनेर थाहा हुँदैन। अर्को नियमितता हुँदैन। अर्को समय पनि अनुकुल नभए जस्तो छ। कहिले १२ बजे कहिले २ बजे खेलाएको हुन्छ। यतिबेला भनेको नेपालीहरू काममा जाने समय हो।

त्यसबाहेक लिगको पब्लिसिटी पनि राम्ररी नभएको हो कि। टिकट कहाँ लिने भन्ने पनि दर्शकलाई पत्तो छैन होला ? यसैले पनि सोचेजस्तो दर्शक नआएको हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्