सकारात्मक सोचको आधार



टंक पन्त

ल्यान्डमार्क फोरम भन्नेबित्तिकै विश्वमै एउटा सकारात्मक सोचको विकास गर्ने अन्तर्राष्ट्रिय शैक्षिक संस्थाको रूपमा परिचित छ। जसले जुनसुकै समस्यामा अल्झिएका व्यक्तिलाई बाटो देखाउने काम गर्छ। व्यक्तिका हरेक समस्या हुन सक्छन्।

कोही पनि समस्यामा नअल्झिएको हुँदैन। केही न समस्या झेल्नुपरेको हुन्छ नै। कसैका सामान्य हुन् सक्छन भने कसैका जटिल पनि हुन सक्छन्। तसर्थ व्यक्ति वा परिवारका भित्रैदेखि रहेका जटिलताहरूलाई बाटो फुकाउने काम ल्यान्ड फोरमले गर्दछ।

ल्यान्डमार्क फोरम कोर्स कमसे कम ब्युरोक्रेसीका जिम्मेवार व्यक्तित्व, राजनीतिज्ञ, व्यापारी, बैंकर्सलगायत हरेक पेसा व्यवसायका जिम्मेवार, निर्णायक तहमा रहनेहरुले लिनै पर्ने देखिन्छ। उनीहरुको सफलताका लागि पनि ल्यान्डमार्क फोरम आवश्यक छ। यसले उनीहरुलाई मात्र सफल बनाउँदैन, उनीहरुको सफलताले सम्बद्ध मुलुक सफलतातर्फ र नागरिकहरु समृद्धितर्फ जान सक्ने बाटो बन्न सक्छ।

अमेरिका, अस्ट्रेलिया, भारत, इजरायल, जापान, साउथ अफ्रिका, बेलायतलगायतका देशका कार्यालय रहेको ल्यान्डमार्क फोरम संसारका धेरै मुलुकमा सञ्चालन हुने गरेको छ। सोही क्रममा केही समयअगाडि नेपालमा पनि पहिलोपटक ल्यान्डमार्क फोरम सञ्चालन भयो।

जुन फोरममा राजनीतिज्ञ, प्राध्यापक, कानुन व्यवसायी, व्यापारी, शैक्षिक क्षेत्रका व्यक्तित्वहरू, पत्रकार, सामाजिक क्षेत्रका अगुवाहरू, जनप्रतिनिधिहरू एवं व्यावसायिक प्रशिक्षकलगायतको सहभागिता रहेको थियो।

परिवारमा वर्षौं रहेको अनेक खालका जटिलभन्दा जटिल समस्या समाधानका लागि अति नै व्यावहारिक समाधानका उपाय दिने मात्र होइन, फोरम सञ्चालनकै क्रममा गरेर देखाउने र त्यसको प्रगति पनि सोही समयमै हुने गरी व्यावहारिक शिक्षा प्रदान गर्ने काम ल्यान्डमार्क फोरमले गरेपछि नेपाली सहभागीहरू प्नि आकर्षित भएका छन्।

कन्फिडेन्स, नेतृत्व विकास, सक्षम पहलकदमी, निराशालाई सकारात्मकतामा परिणत गर्ने र सफल परिणाम ल्याउनेजस्ता ज्ञान दिने ल्यान्डमार्क फोरमबाट प्रत्येक वर्ष १ लाख ९३ हजारले प्रत्यक्ष लाभ लिने गरेका छन्। सो कोर्समा सहभागी हुने संख्या १ लाख ९३ हजार रहेका छन् भने हालसम्म ल्यान्डमार्क फोरम कोर्स लिनेको संख्या २ करोड ४० लाख पुगेको छ।

यो कोर्स लिएकामध्ये एकजनाले पनि सिंगो परिवार मात्र होइन, समाजलाई नै सकारात्मक सोचको विकास गराउन सहयोग पुर्याउने गरेको अध्ययनले देखाएको छ। आर्थिक हिसाबले सक्षम वा फोरममा लगानी गर्न सक्नेलाई शुल्क लिने, तर शुल्क तिर्न नसक्ने बरु फोरम, व्यक्ति, परिवार वा सामाजिक अभियानमा महत्वपूर्ण सहयोग पुर्याउने रहेछ भने त्यस्ता व्यक्तिलाई अन्य व्यक्ति वा संस्थाको सहयोगमा फोरममा सहभागिता गराउने वा कुनै उपायद्वारा उनीहरूलाई फोरममा सहभागी गराउने गरिन्छ।

तीन दिनसम्म प्रत्येक दिन १४ घन्टाको कोर्स हुने सो फोरमको निष्कर्ष तीन दिनपछि एक दिन खालि राखेर अर्को दिन साँझ ५ बजेदेखि १० बजेसम्म एक बृहत् कार्यक्रमका बीच हुने गर्दछ।

अन्तिम दिनको कार्यक्रममा फोरममा सहभागी भएका र उनीहरूले परिवार वा व्यक्तिबीच रहेका समस्या समाधानका लागि भूमिका खेलेका वा समस्या समाधानमा सहभागी र आबद्ध रहेका सबैलाई आमन्त्रण गर्ने तथा वास्तवमा दीर्घकालीनरूपमा समस्या समाधान भयो÷भएन भन्ने कुरासमेत व्यवहारमा परिणत भयो/भएन भनेर जानकारी दिने गरिन्छ।

नेपालमा भारतका विद्वान् फोरम लिडर गुरमित सिंहले फोरम सञ्चालन गर्नुभएको थियो भने उहाँका साथमा नेपालका तर्फबाट मीना शर्मा, दीपक शर्मा, राजेन्द्र अधिकारी, अस्टे«लियन नागरिक एन रितमेन, जेफ्री र लेस्ली हुनुहुन्थ्यो।

जसले गुरमितजी लाई फोरम सम्पन्न गर्न सहयोग पुर्याउनुभएको थियो। फोरम लिडरको फोरम सञ्चालन गर्ने विधि र शैली अत्यन्त सरल एवं सहज खालको थियो। सामान्य व्यक्तिदेखि उच्च तहको व्यक्तिका लागि एउटै फम्र्याटबाट बुझ्ने गरी जसरी गुरमितजीले फोरम सञ्चालन गर्नुभयो, त्यो नेपालकै लागि निकै उपयोगी रह्यो।

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालदेखि विभिन्न तहका राजनीतिज्ञसमेतलाई भेटेपछि नेपालमा सञ्चालन गरिएको फोरममा स्वयं नेताहरू सहभागी हुन इच्छुक हुनुहुन्थ्यो तर त्यति बेला नेताहरूको व्यवस्ताले सहभागी हुन सक्नुभएन।

तर युवा नेताहरू र जनप्रतिनिधिहरूको भने सहभागिता रहेको थियो। राजनीतिज्ञले कसरी देशका लागि सकारात्मक सोचका साथ अगाडि बढ्न सकिन्छ र जनता र राष्ट्रको भलाइ गर्न सकिन्छ भन्ने कुरा व्यावहारिकरूपमा पाउन सक्ने र अन्य क्षेत्रका जुनसुकै पेसा व्यवसायमा रहेकाका लागि पनि सोही अनुसारको व्याहारिक ज्ञान पाउन सक्ने मात्र नभई कोही परिवारमा वर्षाैंदेखि झगडालु र बोल्दै नबोलेर दिनहरू व्यतीत गरेकालाई सोही फोरम सञ्चालनकै क्रममा एकताको सूत्रमा बाँध्ने बनाउने गरिँदो रहेछ।

नेपालमा ल्यान्डमार्क फोरममा सहभागी भएकाहरूको अनुभूति कस्तो रहेको छ भने, ल्यान्डमार्क फोरममा आउनुअघि मेरो क्रियाकलापमा केही कमी–कमजोरी भन्ने महसुस गरें, कुनै पनि काम गर्न सकिनँ वा गरिनँ भने र्याकेट चलाउँदो रहेछु, अर्थात् बहाना बनाउँदो रहेछु। जति इमानदार, सहयोगी र हार्डवर्क गर्छु, त्यो अनुसारको परिणाम हासिल हुन नसकेको अनुभूति भैरहेको हुन्थ्यो।

यस्तो सोचाइमा रहेको व्यक्ति मलाई ल्यान्डमार्क फोरममा ल्याउन मेरो परिवारलाई कम मेहनत गर्नुपरेन। मेरो परिवारमा एकले अर्काको सुन्ने र मान्ने संस्कृति भएकोले पनि ल्यान्डमार्क फोरममा जान्छु भन्ने त भनें तर साँझ ७ बजेपछि त कुनै पनि हालतमा बस्दिनँ र बस्न सक्तिनँ है भनें।

अनि ल्यान्डमार्क फोरममा यसअघि पनि सहभागी भैसकेकी मेरी श्रीमती मीना शर्माले ७ बजे हिँड्ने कुरा असम्भव हुन्छ र गुरमितजीले नहिँड्ने वातावरण बनाउनुहुन्छ भनिन्।

जब ल्यान्डमार्क फोरमको पहिलो दिनको दोस्रो सेसनपछि म यति आकर्षित र प्रभावित भएँ कि एक सेकेन्ड पनि कक्षा छोडिनँ। ब्रेकबाहेक बाथरुम पनि जान नपरोस् भन्ने खालको अनुभूति हुँदै गयो। फोरम लिडर गुरमित सिंहका हरेक शब्द र अन्तरक्रियाका प्रक्रियाहरूमा सम्भावनाका खुर्किलाहरू भेटिन्थ्यो। जुन फोरम बिहान ९ बजेदेखि राति ११ बजेसम्म हुने गथ्र्यो।

दिउँसो एकपटक खानाको लागि ४५ मिनेट, एकपटक खाजाको लागि १५ मिनेट समय दिँदा गृहकार्य दिने गरिन्छ र त्यो गृहकार्य कक्षामा गएर शेयर गर्नुपर्ने रहेछ। त्यसबाट एकले अर्काका समस्या समाधानका लागि सहयोगी हुन्छ।

सम्भावना नभएको केही पनि छैन भन्ने अनुभूति त्यो कक्षाबाट मिल्यो। प्रत्येक सहभागीलाई कक्षामा एक्टिभ बनाउने र उनीहरूका सभावना के छन्, कहाँनेर के कुराले बाधा पारेको भन्ने कुरा अन्तरक्रिया गरी समाधानको उपाय निकाल्ने गरिन्छ। म आफैं फोरममा सहभागी भएपछि मेरो सोचाइमा पहिलेभन्दा निकै फरकपन आएको मैले अनुभूति गरेको छु।

सम्भावनाको नयाँ–नयाँ क्षेत्रको विकास भएको छ। जीवन खालि र अर्थहीन हो अर्थात् अर्थपूर्ण जीवन आफैंले बनाउने हो। तर जब हामी कुनै काम गर्न अगाडि बढ्छौं र गर्न चाहन्छौं, त्यसपछि गर्न नसकिने भन्ने केही पनि हुँदैन भन्ने शक्ति ल्यान्डमार्क फोरमले दिएको छ।

जीवनलाई हेर्ने दुष्टिकोणलाई स्ट्रङ बनाएको छ। कुनै पनि काम गर्दा गरिने बहनाको ताला तोडिदिएको छ। कुनै पनि तोडिएको सम्बन्धलाई नयाँ सम्बन्ध बनाउने विजयसूत्र पैदा भएको छ।

मेरो एकजनाको मात्र अनुभूति नभएर फोरममा सहभागी सबैको यस्तै अनुभूति रहेको छ। उनीहरूले बताउने गरेका अनुभूतिहरू निकै सकारात्मक रहेका छन्। त्यसैले उनीहरू फोरमको बेसिक कोर्स मात्र होइन, एड्भान्स कोर्सका लागि निकै इच्छुक रहेका छन्।

नेपालमा सञ्चालित ल्यान्डमार्क फोरमको निष्कर्ष कार्यक्रममा सहभागी ५ सयभन्दा बढीले नेपालमै पुनः फोरम सञ्चालन भएमा हामी पनि सहभागी हुने थियौं भनी फोरम लिडरसमक्ष आग्रह गरेका छन्।

अहिले पनि उनीहरू नेपालमा ल्यान्डमार्क फोरम कहिले हुन्छ भनी सोध्ने गर्छन्। जीनव जिउनुुको अनुभवमा नै निकै सकारात्मक परिवर्तन र रूपान्तरण ल्याउने भएकोले पनि फोरमप्रतिको आकर्षण रहेको छ।

हुन पनि महिनाको एक करोडभन्दा बढी कमाउने गरेका विद्वान् गुरमित सिंहजस्ता व्यक्तित्वहरू पैसाभन्दा समाज, व्यक्ति, परिवार वा देशका लागि केही गर्न सकिन्छ भने किन नगर्ने भनी ल्यान्डमार्क फोरमको लिडर भएर विश्वका विभिन्न मुलुकमा जाने गर्छन्।

लामो तयारी र ट्रेनिञङपछि मात्र लिडर बन्ने गर्छन्। ल्यान्डमार्कको लिडर भैसकेपछि अन्य बिजनेस वा जागिर गर्न पाइँदैन। यसर्थ ल्यान्डमार्क फोरम कोर्स कमसे कम ब्युरोक्रेसीका जिम्मेवार व्यक्तित्व, राजनीतिज्ञ, व्यापारी, बैंकर्सलगायत हरेक पेसा व्यवसायका जिम्मेवार, निर्णायक तहमा रहनेहरूले लिनै पर्ने देखिन्छ। उ

नीहरूको सफलताका लागि पनि ल्यान्डमार्क फोरम आवश्यक छ। यसले उनीहरूलाई मात्र सफल बनाउँदैन, उनीहरूको सफलताले सम्बद्ध मुलुक सफलतातर्फ र नागरिकहरू समृद्धितर्फ जान सक्ने बाटो बन्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्