टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक



टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक गरेको छ। यो रेस एडिसनमा एलइडी डीआरएल र एलइडी हेडल्याम्प रहेको छ। यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ति पनि छ।

जुन रातो रङको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ। स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ले टीभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ। यो स्कुटर शानदार तीन संयोजन– ‘म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रङमा उपलब्ध रहेको छ।

टीभीएस मोटर कम्पनीका, इन्टरनेसनल बिजनेस, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले भन्नुभयो–‘टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकमाझ लोकप्रिय बन्न पुगेको छ।

टीभीएस एनटर्क १२५ को हलमार्क बनेको छ। यो स्कुटर टीभीएस रेसिङको ३७ वर्षको समृद्ध पेडिग्रीबाट निर्माण गरिएको हो। यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नुभयो–‘टीभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन ल्याएको छ। यो स्कुटर तल्कालै सबैमाझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकलाई सन्तुष्ट पार्नेछ।’

टीभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ। यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ टीभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्