नयाँ वर्षमा टाटाको नयाँ कार उपहार योजना



नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ।

उक्त योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरुममा गई नयाँ डिजाइनका एच फाइभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।

साथै जुनसुकै ब्रान्डका गाडी एक्सचेन्जमा एक लाख रुपियाँसम्मको एक्सचेन्ज बोनस, टेस्ट ड्राइभमा उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनरलगायतका विशेष आकर्षण रहेको कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो–‘टाटा मोटर्सको प्यासेन्जर कार का लागि अल न्यू ज्यानुअरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुशी छौं। यो थिमले एउटा ग्राहकले नयाँ वर्षको शुरुवातमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्दछ।’

टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले भन्नुभयो– ‘न्यू इयर कार थिम ज्यानुअरी महिनाभरि नै लागू हुनेछ। यो थिम अन्तर्गत धेरै इभेन्टहरू छन्। त्यसैले यो महिनाभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारहरूको खरिदमा एकजोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने घोषणा गर्दछौं। ’

प्रतिक्रिया दिनुहोस्